बलिउड अभिनेता नाफे खानको नेपालि फिल्ममा डेब्यु गर्ने ईच्छा (भिडियो सहित)

इनेप्लिज २०७६ जेठ ६ गते ११:१६ मा प्रकाशित

ईटहरी/ नेपालमा बिदेशीहरुको आकर्षण बढेको निक्कै भयो यसमा पनि बलिउड हलिउड फिल्मका टिमहरु नेपाल आएर यहाका मनोरम दृश्यहरु कैद गर्दै आफ्नो फिल्ममा सजाउन खुबै रुचाउछन । पछिल्लो समयको कुरा गरे हो भने धेरै भारतीय फिल्महरुमा नेपालका दृश्यहरु कैद भैसकेका छन् । यता नेपालि फिल्ममा भारतीय कलाकारको मोह पनि बढ्दै गएको छ । अर्थात नेपालि फिल्ममा अभिनय गर्न ईच्छा राख्नेहरु पनि बढिरहेको छ । यस्तै भित्र पर्ने एउटा नाम हो भारतीय नायक तथा मोडल नाफे खान । हेर्नुस उनि संग गरिएको भिडियो कुराकानी ।

हाल नेपालि म्युजिक भिडियोमा अभिनय गर्न आएका खानले भारतका थुप्रै चलचित्रहरुमा समेत अभिनय गरिसकेका छन् र उनको हालै मात्र सार्वजनिक भएको हिन्दी गीत ‘दिल मेरा चाहे जो’ लाई लाखौ दर्शकहरुले मन पराएका छन् । जुन गीतमा भारतिय चर्चित गायक अर्जित सिहको स्वर रहेको छ । नाफेको पहिलेदेखी कै ईच्छा थियो नेपाली म्युजिक भिडियोमा अभिनय गर्ने । आफ्नो यहि ईच्छालाई उनले आफ्नो पहिलो नेपाली म्युजिक भिडियो यो मायाबाट पूरा गरेका छन् ।

प्रतिक्रिया