अन्ततः अन्जनाका श्रीमान पहिलो पटक मिडियामा,यसरी पोखे आफ्नो पीडा। (भिडियो सहित)

इनेप्लिज २०७६ जेठ ४ गते ११:५२ मा प्रकाशित

जेठाजु द्वारा हत्या गरिएकी अन्जना लामा महत का श्री मान प्रज्वल महत पहिलो पटक मिडिया सामु आएका छन । आफ्नै दाजु उज्वल महतले आफ्नी श्रीमति अन्जनाको हत्या गरेको प्रहरी सामु स्विकार गरिसकेको भए पनि अन्जनाको हत्या नै गर्नु पर्ने कारण के थियो भन्ने बारे हत्याराकै मुखबाट एक पटक आफुले प्रत्यक्ष सुन्न चाहेको पनि बताएका छन । हत्यारा उज्वल मानसिक रुपमा बिछिप्त र असन्तुलित भएको आफुले कहिलै नदेखेको भन्दै उनले मानसिक सन्तुलन ठिक नभएको मानिसले हत्या गरेपछी आफू असुरक्षित भएको महसुस गर्न नसक्ने भन्दै हत्या गरेर प्रहरी बोलाइमाग्नुले हत्या नियोजित भएको र यस्मा अरु कोहि सम्लग्न भए अनुसन्धान गरेर तिनिहरुलाइ पनि कार्बाही गरिनु पर्ने बताएका छन । अन्तरजातिय बिबाह गरेको प्रती परिवारमा कुनै बिबाद वा असन्तुष्ट नरहेको र झगडा समेत केही नरहेको अवस्थामा यो हत्या किन भयो भन्ने विषयमा आफू आश्चर्य चकित भएको बताएका छन । हत्यारा उज्वल घुसघुसे र कप्टी स्वभाव भएको मानिस भएको भन्दै अन्जना र आफ्नो मेहनत र प्रगती को कुरा सग जलन भएर पनि यस्तो गरेको हुन सक्ने आसङ्का ब्यक्त गरेका छन ।

चाडै नै अन्जना र आफू क्यानडा जाने तयारी गरिरहेको ,र पारिवारिक सुखको चाहना राखेर सजाएका सपना सबै हत्याराले चकनाचुर बनाइदिएको भन्दै हत्यारालाई हदै सम्मको कार्बाही हुनु पर्ने माग गरेका छन भने हत्याराले बयानमा के भन्यो भन्ने बारे आफुलाइ प्रहरीले कुनै कुरा नभनेको भन्दै प्रज्वल ले आफ्नी श्रीमती अन्जनाको हत्या को कारण हत्यारा उज्वलको मुखबाटै एकपटक प्रत्यक्ष सुन्न चाहेको समेत बताएका छन ।ललितपुर महानगर पालिका वार्ड न २६ मा आफ्नै बुहारी अन्जना लामा महत को जेठाजु उज्वल महतले बीभत्स हत्या गरेपछी महत परिवारमा उत्पन्न भएको उक्त घट्ना किन र के कारण ले गरियो भन्ने कुराको कारण भने अझै पत्ता लागिसकेको छैन ।

प्रतिक्रिया