डा.राजेश: नेताहरु ‘लिडर’ हैन ‘डिलर’ भए, ७७जिल्लामा नुन पुगेन तर कानुन पुग्न थाल्यो।Dr Rajesh Ahiraj

इनेप्लिज २०७६ वैशाख ३१ गते ११:१५ मा प्रकाशित

मधेस मामलाका जानकार ,एवम राजनीतिक बिस्लेसक डा. राजेस झा अहिराजले मुलुकको संविधानमा छेत्रीय र जातिय पहिचानका नामामा उल्लेख गरिएका आधारहरु नै गलत भएको भन्दै नेपाल भित्र नेपाल र नेपाली छन भन्ने मुलुकको गरिमालाइ प्राथमिकतामा राखेर लेखिनुको सट्टा बिभजन र बिखण्डन कारी जातिय र छेत्रीय चरीत्र को भएको ले यो संविधान बाट यस्ता वर्गीकरणका अर्थ राख्ने सबै कुरा हटाइनु पर्ने माग राखेका छन ।

स्पष्ट नेपाली नागरिकले नागरिकता बाट बञ्चित हुन नहुने तर गैर नेपाली ले नेपाली नागरिकता लिने कुरा अस्विकार्य भएको भन्दै अहिराजले हिमाल पहाड तराइका सबै जिल्लाबाट नागरिकता बितरणमा ठूलो बेइमानी भैरहेको उल्लेख गर्दै ,नेपालमा हिमाल पहाड तराइ छ ,विभिन्न जाती भासा र सस्कृतिका समुदाय को बसोबास छ र ती सबैको साझा पहिचान नेपाल र नेपाली हो भन्ने कुरा नगरेर बर्गिय समस्यालाइ जातिय कुरा उठाएर हल गर्न खोज्नु गलत भएको र संविधानले समेर यस्तो गल्ती गरिएको उल्लेख गरेका छन । मधेस मा मात्र नभएर अब नेपालमा छेत्रीयता बादी राजनीतिक बिचौलिया समाप्त हुने भन्दै राजनैतिक दलहरु र नेताका चरीत्र बारे अब नेपाली जनतामा भ्रम सकिदै गएको र जनता मा राष्ट्रबादी बिचार प्रखर हुँदै गएको ले नेपाल र नेपाली प्रती अपराध गर्न खोज्ने तत्व परास्त हुने कुरा समेत उल्लेख गरेका छन |

प्रतिक्रिया