गर्भ रहेकै छैन ? थाइराईड हुन सक्छ, के थाइराईड भएका महिलाले बच्चा जन्माउन सक्दैनन् त ? यसरी रहन्छ गर्भ

इनेप्लिज २०७६ वैशाख ३१ गते १०:३९ मा प्रकाशित

गर्भ रहेकै छैन ? थाइराईड हुन सक्छ, के थाइराईड भएका महिलाले बच्चा जन्माउन सक्दैनन् त ? यसरी रहन्छ गर्भ

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडीको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनीन टी–४० हर्मोन उत्पादन गर्छ ।

सोही हर्मोनलेनै हाम्रो शरिरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण मेटाबोलिजम गर्ने हो । त्यसैले यसलाई शरीरको एक्सिलेटर पनि भन्ने गरिन्छ । तर जब थाइराईड ग्रन्थीको प्रणालीमा बाधा उत्पन्न हुँदा विभिन्न स्वास्थ्य समस्या आउने गर्दछन् । तथ्यांकले लाखौं मानिस थाइराईडले प्रभावित भएको देखाउँछ । धेरैलाई आफूलाई थाइराईड भएको पत्तै पाउँदैनन् ।

यदि थोरै खाना खाँने गर्दा पनि तौल बढिरहेको छ, साना साना कुराले पनि तनाव दिईरहेको , सन्तान प्राप्तिको लागि समस्या छ र पटक पटक गर्भ तुहिने समस्या छ भने हामीलाई थाइराइड पनि भएको हुनसक्छ ।

थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।

थाइराईड भएको बेला गर्ववती हुन सकिन्न भन्छन् नी ? हेर्नुस सुगर र थाइराइडको विषयमा तपाईको कमेण्ट र डाक्टरको उत्तर ! हेर्नुहोस भिडियो

प्रतिक्रिया