उपप्रधानमन्त्री काण्ड: डा.सुरेन्द्र र बालकृष्णले एक साथ पोखे आक्रोस।(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख ३१ गते ३:१६ मा प्रकाशित

नेपालका लागी नेपाली अभियान ले एभिन्युज टेलिभिजनका पत्रकार सुशील पाण्डे र उपप्रधानमन्त्री उपेन्द्र यादब बिच को बहसमा उपप्रधानमन्त्रीको व्यवहार असभ्य र सस्कार बिहिन गैरजिम्मेवार रहेको भन्दै नागरिकले सुसूचित हुन पाउने सस्थामा पुगेर उपप्रधानमन्त्री ले गरेको दुर्व्यवहार लाई प्रेस प्रती मात्र नभएर आम जनता प्रतिको दुव्र्यवहार को रुपमा लिनु पर्ने भन्दै उपप्रधानमन्त्री को उक्त व्यवहार प्रती नागरिक अभियान्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले आपत्ती र खेद ब्यक्त गरेका छन । पत्रकारले मर्यादित शब्दमा जनचासो का विषयमा खरो प्रस्न राख्न पाउने र त्यो स्वभाभिक भएको भए पनि उपप्रधानमन्त्री को स्वभावमा अनावश्यक दम्भ र असभ्य पन देखिएको ले उपप्रधानमन्त्रीले भुलवस त्यसो गरेको भए माफी माग्नु पर्ने र नियत बस त्यसो गरिएको भए पदबाट तत्काल राजिनामा गर्नु पर्ने बताएका छन । एक अनलाइन सग कुरा गर्दै प्रेसका अधिकारमा अङ्कुस लगाउन खोज्ने सरकारको चरित्र को छाया उपप्रधानमन्त्री मा देखिएको आरोप समेत लगाएका छन ।

प्रतिक्रिया