किन हामीलाई मात्र ..! भक्त गुरूङ

इनेप्लिज २०७६ वैशाख २९ गते २१:४६ मा प्रकाशित

कहिले विदेशीले,कहिले भिजिलान्तेले
कहिले शाषकले, कहिले सामन्तले,
कहिले पहिरोले,कहिले बाढीले,
कहिले भुइँचालोले, कहिले महामारीले

किन यस्तो हुन्छ,सधैं पिडा हामी माथी नै,
किन प्रकृतिलेपनि सधैं घृणा हामी माथी नै,
आस्तिक नेपाली मन छिया छिया भएको छ,
इश्वर प्रति आस्था,भक्ति मर्दै मर्दै गएको छ!!

हे ईश्वर ! सद्बुद्धि र प्रेरणा दे,भ्रष्टलाई,सक्छस् भने
यदि हुँदैन त्यसो गर्दा पनि भने नष्ट गर् सक्छस् भने
दैव!गरिब सोझा सिधा मात्र किन पर्छन् तेरो नजरमा,
लान्छस् किन तिनलाई नै पहिले बिक्छन् कि तेरो शहरमा?

हे ईश्वर ! अझै अन्तिम पटक गर्छु प्रार्थना र भक्ति
नेपालीहरुमा देउ एकजुट हुने र देश बनाउने शक्ति,
ब्युँझाउ नेताहरुलाई रोग,भोक र शोकको बिरुद्ध लड्नलाई,
बरदान देउ नेपालीलाई ,शोकलाई शक्तिमा बदलदै अघि बढ्नलाई !!!

#अस्तु#
भक्त गुरुंग
बोस्टन युएसए

प्रतिक्रिया