‘मिष्टर हिमालय नेपाल २०१९’ हुने

इनेप्लिज २०७६ वैशाख २८ गते १६:१० मा प्रकाशित

काठमाडौं – पुरुषहरुका लागि सौदर्य प्रतियोगिता ‘मिष्टर हिमालय नेपाल २०१९’ आयोजना हुने भएको छ । देशभर छरिएर रहेका र अवसरको खोजिमा रहेका पुरुषहरुको प्रतिभा निखार्ने उदेश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।

आयोजक फेसन सिटीले बुधबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुल्ला भएको जनाएको छ । देशभरका जुनै स्थानमा पुरुषहरुले सहभागिता जनाउन सक्ने प्रतियोगितामा १८ देखि ३२ बर्षसम्म उमेर हद तोकिएको छ ।

नेपाल मोडलिङ संघको सपोट रहेको प्रतियोगिताको अन्तिम स्पर्धा होटल अन्नपुर्णमा आगामी २८ असारमा आयोजना हुनेछ । शिर्ष सहित प्रतियोगितामा करिब आधा दर्जन बढि बिजेता छानिनेछ । शिर्ष बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अफरका बिभिन्न गिफ्ट पुरस्कारको रुपमा जित्न सक्नेछन् ।
प्रतियोगिताको पहिलो अडिसन जेठको दोस्रो साता हुनेछ । पहिलो अडिसनबाट छानिएका प्रतियोगिलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका प्रशिक्षण सहित अन्तिमस्पर्धामा उतारिने छ ।

महिलाको तुलनामा पुरुषहरुको सौदर्य प्रतियोगिता निकै न्युन हुने गरेकोले ‘मिष्टर हिमालय नेपाल’ आयोजना गर्नु परेको नेपाल फेसन सिटीकी प्रवन्ध निर्देशक रुथ मास्केले जानकारी दिइन् ।

प्रतियोगितामा सहभागीताका लागि लागि नेपाल फेसन सिटीको वेभसाइट तथा कुपन्डोलमा रहेका कार्यलयबाट आवेदन भर्न सकिनेछ ।

प्रतिक्रिया