– सुवास ढकाल ,
सम्बन्ध जहिले पनि दोहोरो हुनु पर्छ, यो मेरो मान्यता हो अनि विश्वास पनि | सम्बन्ध गाँसिनु ठुलो कुरो होइन, यसको निरन्तरता ठुलो कुरा हो | सम्बन्ध निस्वार्थ पनि हुनु हुदैन, त्यो सम्बन्ध कायम रहनु, निरन्तर हुनुमा दुवै तर्फको स्वार्थ हुनु जरुरि छ | “ओहो आज मलाई पर्दा यो काम लाग्यो, भोलि उसलाई पर्दा म काम लाग्नुपर्छ, अनि पर्सि मलाई फेरी पर्दा उ काम लाग्छ ” यदि यो स्वार्थी भावना हुने हो भने मात्र सब्मन्ध दिगो, स्थायी अनि निरन्तर रहन्छ | चाहे जुनसुकै सम्बन्ध होस् – पति-पत्नी, अभिभावक-सन्तान. दाजुभाई-दिदीबैनी, साथिभाइ, नातागोता, चिनजान सबैमा यो भावना रहे मात्र सम्बन्ध दिगो रहन्छ |
सम्बन्ध निरन्तर गराउने अर्को तत्व हो व्यवहार | एक-अर्का प्रति गरिने साना साना कुराहरु | बोलीवचन, आदर-सम्मान, कसैले गरेको कुरामा गरिने प्रतिक्रियाहरु यी साना व्यवहारिक कुराहरु पनि सम्बन्धको निरन्तरताका कारक हुन् | साना-साना बालबच्चाहरुले पनि सम्मान चाहीरहेका हुन्छन | समय निरन्तर परिवर्तन भैरहेको छ, पहिला हाम्रो पालामा जस्तो एउटा निश्चित समयसम्म एकनाश रहने हुदैन, आजकाल त सधैं नया नया कुरा आइरहन्छ | हाम्रा बालबच्चाहरु त्यहि परिवर्तनसंग हिड्न अभ्यस्त भएका छन्, हामी छैनौ | यी त बच्चाहरु त हुन्, जसरि व्यवहार गरे पनि हुन्छ भनेर हाम्रा अभिवाहकहरुले हामीसंग उ बेलामा गरे जस्तै हामीले पनि हाम्रा सन्ततिहरुसंग गर्न थालेउ भने ठुलो दुर्घटना निम्तिन सक्छ | हामी संयम हुनु जरुरि छ | हामी हिजोको अवस्था बाट पनि गुज्रिएका थियौं भने आजको अवस्था पनि देखिरहेका छौं | त्यसैले हामी त परिवर्तनको संवाहक भएर आगाडी बढ्नु पर्छ | बोलीवचन, बोल्दा खेरि प्रयोग गरिने शब्दहरु त झन् सम्बन्ध गाँसिनु अनि तोडिनुका कारक हुन्छन | कोहि कोहि मान्छेहरु सारै असल हुन्छन, सहयोगी पनि हुन्छन तर रुखो वचन बोल्ने, होच्याएर बोल्ने गर्ने हुँदा अरुहरु उसंग टाढै रहन खोज्छन अनि बिस्तारै उनीहरु एक्लिदै जान्छन | राम्रो बोल्नुपर्छ भन्दैमा एकदमै चिप्लो घस्नु पनि पर्दैन, न्युनतम सम्मानवाचक शब्दहरु प्रयोग गरे पुग्छ | चित्त नबुझेका कुराहरु मजाले भन्न सकिन्छ तर राम्ररी |
अर्का एकथरी मान्छे येस्ता हुन्छन उनीहरु जे कुरामा पनि प्रतिक्रिया दिन्छन, जे गरे पनि चित्त बुझ्दैन उनीहरु लाइ | किन एस्तो गरेको, एस्तो गर्दा हुन्थो नी | येस्ता कुराहरु जरुरि छन् र ? सबै मान्छे आफ्नो तरिका हुन्छन, कोहि कम बोल्छन, कोहि बडी बोल्छन, कोहि तुरुन्त गर्छन, कोहि समय लिएर गर्छन, कोहि ज्यादा बुद्धि भएका छन्, कोहि कम बुद्धि भएका छन् | सबैको आफ्नो आफ्नो क्षमता हुन्छ, कोहि कुनै कुरामा पारंगत हुन्छन भने कोहि अर्कै कुनै कुरामा | यहि त मानव सभ्यता हो नी, सबै एकै नाश भए भने दुनिया चल्छ र ?
अर्को एक थरि मान्छे येस्ता हुन्छन जसले आफ्नै मात्र राम्रो देख्छन, मेरै श्रीमान राम्रो, मेरै श्रीमती राम्रो, मेरै छोरा-छोरि राम्रा | येसरी भन्दा अर्को मान्छेले मन पराको छैन है भन्ने पनि सोच्दैनन् | आफ्ना लागि त आफ्ना छोरा-छोरि, श्रीमती त सर्वस्व हुन्, उनि हरु बिना त अस्तित्व नै हुदैन | तर यो भन्नु जरुरि छ त त्यो पनि अरु लाइ होच्याएर | आफ्नाको तारिफ त दुनियाले गरोस, फलानो को श्रीमती त कति असल छन्, सहयोगी छन्, छोराछोरी त झन् कति ज्ञानी, कति राम्रो गरेका, एस्तो पो हो त उपलब्धि भनेको | आफ्नाको सहयोगी बन्नु पर्छ, राम्रो कुरा गर्न प्रेरित गर्नु पर्छ, पलपलमा साथ् दिनपर्छ त्यो पो हो सच्चा साथ् भनेको |
सम्बन्ध जोडिन वर्षौं लाग्छ तर पलभर मै टुट्न सक्छ | झिना-मसिना कुराहरुलाई वास्ता नगर्ने, एक-अर्का प्रति सम्मानको भावाना राख्ने, बोलीवचनमा ध्यान राख्ने, चित्त नबुझेका कुराहरु राम्रो संग भन्ने यी साधारण कुराहरु ध्यान राखे त कति राम्रो हुन्छ सम्बन्ध |||||||
प्रतिक्रिया