नारीको वास्तविकता

रन्जिता के.सी. २०७६ वैशाख २७ गते १०:३३ मा प्रकाशित

रन्जिता के.सी.,

नारी दुई अक्षरको शब्द । यो दुई अक्षरको शब्दमा नै संसार अडेको छ । नारी बिनाको संसार कल्पना पनि गर्न सकिदैन । नारी बिना संसारको निर्माण पनि हुन सक्दैन । नारी कसैको छोरी, आमा, दिदीबहिनी मात्र नभएर सृष्टिकर्ता जननी, देबि, मायाको खानी, त्यागको प्रतीक, सहनसिलताको उदाहरण पनि हो । नारीका अनेकौं रुप छन् । समय र परिस्थिति अनुसार शत्रुको नाश गर्न र अन्यायको अत्य गर्न कालिका चंडीकाको रूप धारण गर्ने पनि नारी नै हुन । तर तेही नारी जसको बस्तविक आफ्नो घर हुँदैन थर हुदैन । नारी जब आमाको पेटमा अङकुराउँन थाल्छे, तब देखि नै ऊ आमाको चिन्ताको कारण बन्न पुग्छे । अब प्रश्न उठन थाल्छ, किन आमा आफै नारी भएर नारीलाई नै अभिशाप सम्झिन्छिन् ? यसको जवाफ एकदम छोटो छ । किन कि उनी पनी एक नारी हुन । गर्भमा छदैं दुःख र पीडाको कारण बनिसकेकी नारी जब बाहिरी संसारमा आउँछे तब, उसले सबैको अपहेलना सहँदै एक्लै रमाउँदै बाबाको माया, साथ, सहयोग बिना नै आफ्नो बाल्यकाल बिताउँछे । घरको बाताबरण डर, त्रास र मायाको अभावमा उ आफ्ना इच्छा, चाहना र आवश्यकतालाई दबाएर बाँच्न बाध्य हुन्छे । बाबा दाजुको माया नपाएर बाल्यकाल बितेर यौवन अवस्थामा पुगेका नारीहरु पुरुषहरुको बास्तविकता र उनीहरुको भित्री भावनालाई बुझ्न सक्दैनन् र तेस्तो ब्यक्तिको फन्दामा पर्छन्, जसले उनीहरुलाई मात्र एक अमुल्य बस्तु सम्झेका हुन्छन् । उक्त बस्तुको रूपमा रहेका नारीहरुलाई पाउँनको लागि अनेक सपना देखाउँछन, कसम खान्छ्न, बिश्वास दिलाउँछ्न र ती नारीहरु पनि त्यो झुट्ठो कुरालाई बिश्वास गरेर उसलाई नै आफ्नो सपनाको राजकुमार सम्झेर आफ्नो जन्मघर र आफन्त सबै छोडेर आफ्नो जीवनको लक्ष्य समेत भुलेर राजकुमारसँग माया र खुसीको संसार बसाउँन पुग्छे । उसको संसार जे छ, जस्तो छ, जो छन् सबैलाई आफ्नो सम्झिन थाल्छे ।

त्यो राजकुमारले पनि त्यो नारीलाई अमुल्य बस्तु सम्झेर केही समय मायाले सजाएर सुरक्षाका साथ प्रयोग गर्छ । तर जब त्यो बस्तु पुरानो हुन्छ । तेसमा धेरै खोट र कमि कमजोरी देखिन थाल्छ । राजकुमारलाई नयाँ बस्तुको आवश्यता महसुस हुन थाल्छ । नयाँ बस्तुको प्राप्तीमा नै उ भौतारिन्छ । पुरानो बस्तुको रूपमा परिणत भएकी राजकुमारीलाई सन्तान उत्पादन गर्ने मेशिनमा परिणत गरी उसको छुट्टै संसार बनाईदिन्छ । त्यसमा पनि नारी खुसी नै हुन्छिन् । किन, भने नारीको जीवनमा सबै भन्दा ठुलो र महत्वपूर्ण दिन त्यो हुन्छ, जुन दिन उ आमा बनेकी हुन्छिन् । त्यो दिन त्यो प्रसब पीडा र सन्तानको अनुहार देखेपछि उसको जीवनमा आएको खुसीले नारीले त्यो दिन आमाको महत्व र सन्तानप्रति आमाको माया र त्यागलाई बुझेकी हुन्छिन । त्यो दिन पनि त्यो नारीले त्यो राजकुमारलाई मनैदेखी धन्यवाद प्रकट गरेकी हुन्छे । किन भने, त्यो दिन त्यो राजकुमारको कारण ले नै नारीले आफुलाई जन्म दिने आमा र आफुले जन्म दिएको सन्तानको महत्व बुझाँएको हुन्छ । सन्तानको प्राप्तीपछि, त्यो नारीको संसार नै उसको सन्तान हुन्छ । सन्तानको लागि त्यो नारी शिक्षक, डाक्टर, कुक, साथि, ड्राईभर, जोकर, धोबी सबै बन्न पुग्छे । जस्को कारण उसीत राजकुमारले माग गरेजती समय हुदै । जसले गर्दा त्यो राजकुमार अर्को राजकुमारीको संसारमा जान्छ, तब त्यो नारी एक्लो हुन्छे । तर पनि त्यो नारी बिचलित नभएर सन्तानको अनुहारमा आफ्नो नयाँ संसारको निर्माण गदंै त्यही सन्तानको सुन्दर भविष्य बनाउँनेतर्फ अग्रसरता देखाउँछे । तर हाम्रो समाज जो नारीले सबै दुःख, कष्ट, आँशु लुकाएर संघर्ष गदैं आगाडी बढ्ने र सन्तानको सुन्दर भबिष्य बनाउँने अठोटका साथ अगाडी बढ्ने प्रयास गर्छे । उसलाई प्रेणित गरेर आगाडी बढ्न हौसला दिनु त काहो काहाँ ? बरु आफन्तले साथ छोडदैं जान्छन् । साथिहरु तिरष्कार गर्न थाल्छन । समाजले पाइलैपिच्छे औला ठ¥याउँन थाल्छन् । उसको पाइला–पाइलामा साथ दिनुकोसट्टा खुट्टामा डोरी बाँधेर लडाउँन खोज्छन् । तेसमा हाम्रो पुरुष प्रधान देश जहाँ नारीको कमजोरीको हरेक क्षेत्रमा फाईदा उठाउँन खोज्छन् ।

कतिपय नारीहरुलाई आफ्नो हवशको सिकार बनाएर आफुलाई मर्द र उनीहरुलाई बेश्याको नाम दिन्छन् । जो नारी आफ्नो आत्मसम्मान जोगाएर आफ्नो ज्ञान्, सीप र अनुभव कला कौशल प्रयोग गरी सन्तानले गर्व गर्न सक्ने काम गदैं आगाडी बढ्ने प्रयास गर्दछे । उसलाई पनि उसको आत्मसम्मानमा ठेस पुग्ने अनि उनको नकारात्मक ब्यवहार देखाई लडाउँन खोज्छन । त्यो नारी पनि कहिले काही हार मानेर लड्छे र पनि तर जब उ थाकेर लड्छे तेति बेला उसको शरीरमा उर्जा आउँछ, जब उसको त्यो सन्तानको अनुहार उसको आँखा वरिपरी घुम्छ । सन्तानले मामु भनेको आवाज उसको कानमा गुन्जन्छ । उ घसाँरिदैं भए पनी उठेर हिड्ने प्रयास गछे । आफ्नो भोक, प्यास, रहर, खुसी, दुःख सबै भुलेर सान्तानलाई उसको लक्ष्यसम्म पुराएरै छोड्छे । तर नारीको वास्तविकता अन्तमा उसको सन्तानले पनि उसलाई छोडेर जान्छ । घर परिवार, साथि, आफन्त यहाँसम्मकी उसको राजकुमारले समेत साथ छोडेर जादाँ समेत नटुटेकी नारी सन्तानको साथ छुट्ने बित्तिकै पूर्ण रुपले टुट्छे । एक जीउँदो लास सरह भएर बाँच्न बाध्य हुन्छे । स्वतन्त्र भएर उड्ने दिनको पर्खाइमा हुन्छे । एक दिन यो संसारबाट बिलिन हुन्छे । यो नै हो, नारीको बास्तविकता ।

प्रतिक्रिया