डा.भोला रिजालले पोखे दुखेसो: बिदेशी भुमिमा तपाइ को नेता को हो? भन्छ्न, मलाई नाम भन्न लाज लाग्छ।(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख २४ गते २१:२५ मा प्रकाशित

वरिष्ठ स्त्रीरोग बिसेसज्ञ, नेपाल मेडिकल कलेजका अध्यक्ष, साहित्यकार लेखक एवम राजनैतिक बिस्लेसक डा भोला रिजालले आज जनताले प्रजातन्त्र को वास्तविक अनुभुती गर्न नपाएको भन्दै प्रजातान्त्रिक अधिकारका निम्ति आफुले गरेको भुमिका दु:ख र संघर्षको स्मरण गरेका छन । सरकार जनता प्रती जवाफदेही बनेको देखाउन सबै भन्दा पहिला भ्रस्टाचार नियन्त्रण गरेर देखाउन उनले चेतावनी दिदै देश मा असल नेताको खडेरी परेको भन्दै बिदेशमा तिम्रो नेता को हो भनेर कसैले सोध्दा गर्वका साथ मेरो नेता यो हो भनेर चिनाउन र भन्न सक्ने स्थिती कहिलै नबनेको पीडा समेत अभिब्यक्त गरेका छन ।

नेपाल भन्दा धेरै पछि निर्माण भएको र नेपाल भन्दा धेरै अबिकसित रहेको बङ्गलादेश समेत आज बिकासको उचाइमा पुगिरहदा यस्तो स्वर्ग भुमी नेपाल दिनानु दिन दयनिय बन्दै गएको भन्दै उनले आफू नेपालको यो अवस्था देखेर अब टुलुटुलु हेरेर बसिनरहन आफू तयार नहुने भन्दै आफ्नै देशमा मर्ने र बाच्ने सङ्कल्पमा आफू दृढ रहेको ले अब राजनितीले बिगार्दै लगेको मुलुकको अवस्था सुधारका निम्ति आवस्यक परे आफू सक्रिय राजनीतिक मैदानमा उत्रन सक्ने समेत बताएका छन |

प्रतिक्रिया