बरिष्ठ पत्रकार कैदीले पोखे आक्रोस र डर लाग्दो खुलासा: भन्छन् चिन हुन्जेल नेपालमा कुनै शक्तिले खेल्न सक्दैन।(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख २३ गते १०:५० मा प्रकाशित

बरिष्ठ पत्रकार एवम राजनितिक बिस्लेसक प्रेम कैदी ले सरकारको कामकारबाही प्रती आक्रोश सहितको कटाक्ष गर्दै यस्त्तो राष्ट्रघाती सरकारको चरित्र टुलुटुलु हेरेर बसिरहनु दुर्भाग्य हुने बताएका छन ।भारतमा चलिरहेको निर्वाचन परिणामले नेपालको राजनितीलाई प्रत्यक्ष असर पार्ने भन्दै कैदीले बिजेपी शक्तिमा आए नेपालका हिन्दुबादी समुदाय उत्साहित बन्ने देखिए पनि तर भारतमा बिजेपी बहुमतमा आउने सम्भावना नरहेको विश्लेषण गर्दै भारतको राजनितीमा सक्रिय रहेका काङ्ग्रेस आइ र अन्य सक्तीहरु पस्चिमाको एजेन्टबनेर काम गरिरहेका र क्रिश्चियन दलालहरुले बिजेपी बिरुद्ध पैसाको खोलो बगाइरहेको टिप्पणी गरेका छन ।

भारतका देश भक्त शक्ति निरास बन्दै गएको उल्लेख गर्दै राजनितिक रुपमा देश भक्तहरुकालागी बैकल्पिक शक्ति भारतमा पनि तयार भै नसकेको र हिन्दुबादी र देश भक्तहरुले राम मन्दिर र नेपाल प्रतिको नाकाबन्दीलाई लिएर स्वयम् मोदिको व्यवहार र कार्यसैली माथी नै सङ्का गरिरहेको उल्लेख गरेका छन । सरकारी जग्गा बेचेर खाने यो सरकार कम्युनिस्ट हुन नसक्ने भन्दै कम्युनिस्ट हुनलाई सिजिङ पिङ बाट मात्र सभ्यता सिके पनि काफिहुने तर्क गरेका छन भने कैदी ले यो सरकार रहिरहे छिमेकीहरुसगको समेत सम्बन्ध खतरामा पर्ने स्थिती रहेको प्रती सङ्केत पनि गरेका छन |

प्रतिक्रिया