युवा तिमी नै हौ अबको आशा

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ वैशाख २२ गते १९:०७ मा प्रकाशित

यथाशक्ति चिकीर्षन्ति यथाशक्ति च कुर्वते। न किञ्चिदवमन्यन्ते नराः पण्डितबुद्धयः ॥

अर्थात् विवेकशील र बुद्धिमान व्यक्तिहरु उनीहरुलाई मानिन्छ जसले हरेक कामलाई सम्मानको साथ दत्तचित लगाएर सम्पन्न गर्छ।

विशेषगरी एसिया महादेशमा कुनै पनि व्यक्तिको पेशालाई उसको इज्जतसंग जोडी सोही अनुसारको समाजिक सम्मान दिइन्छ। कामलाई सानो र ठुलो भनेर हरेक कामलाई व्यक्तिको इज्जतसंग मुल्यांकन गरिन्छ। त्यही कारण प्राय दक्षिण एसियामा हरेक आमाबाबु आफ्ना छोराछोरी डाक्टर वा इन्जिनियर नै बनुन् भन्ने चाहन्छन्।

बिजय थापा, तीस काटेका युवक जसले पश्चिमको गुल्मीबाट आफ्नो विद्धालयस्तरको पढाइ सकाई उच्चशिक्षाको सपना देखेर झिलीमिलीको सहर काठमाण्डौ छिरे, काठमाण्डौ विश्वविद्धालय र भारतबाट पढाई सकाएर आफ्नै पेशाको इन्जिनियरिगंको कन्सल्टेन्सी खोलेर स्वाबलम्वी बन्दै गर्दा हाल आएर उनले ललितपुरको झम्सीखेलमा हालै आशान लाउन्ज नामको रेस्टुरेन्ट खोले। रेस्टुरेन्ट खोलीसकेपछि थुप्रै प्रतिक्रिया र अडकल शुरु भएको छ। “होइन इन्जिनियर भनेको होइन? इन्जिनियरले पनि रेस्टुरेन्ट खोल्ने हो?” हो यही कसले के काम गर्ने वा कसले के काम गर्न हुन्छ, के काम गर्न हुदैन भनेर निर्णय लिने जिम्मा समाजका गन्यमान्य व्यक्तिहरुले जिम्मा लिइदिंदा युवा पुस्ता गलत बाटोमा हिडीरहेको छ। समाज यसरी निर्माण हुदैगइरहेको कि कुनैपनि गार्हो काम ठुलाबडाका छोराछोरीले गर्नुहुदैन भन्ने परिपाटीले गर्दा युवापुस्ता अल्छी र निरुत्साहित हुदैगइरहेकाछन।

युरोप अमेरिकामा हेर्ने हो भन्ने अठार वर्ष पुगेपछि आफ्नो खर्चको जोहो आफै गर्नु पर्छ तर हाम्रो समाजमा त्यो पनि हुनेखानेका अठार वर्षका छोराछोरी दुधे बालक नै हुन्छन। त्यसैले नै साठ्ठी पुगेका बाबु बिहानै अफिस धाउछन, तीस पुगेका छोराछोरी डिस्कोबार अनि स्मार्ट फोनमा रमाउछन। अनि जब आफ्ना समकक्षीले कुनै व्यापारव्यवसाय शुरु गर्छन तब उनका विरुद्ध अनेकौं व्यगं र प्रहार शुरु हुन्छ।

हुन त नेपाली बजार थुप्रै आशान लाउन्जहरु खुलेका छन र थुप्रै जोसिला बिजय थापाहरु पनि छन। यी जोसिला युवाशक्तिलाई समाजको साथ, परिवारको हौसला, सरकारी पक्षको उदारबादी नीति, राजनैतिक पक्षको प्रोत्साहनको जरुरत मात्रै छ, नत्र भने कुनै उच्च विकसित देशमा जन्मिएका नागरिकभन्दा कुनै कुरा कम छैनन नेपाली युवा जमात। यदि युवाशक्ति यसरी नै उद्धमशीलतातिर लम्किने हो भने यही जुनीमा नेपाली राजनीतिज्ञहरुले आधुनिक र विकसित नेपाल देख्नेछन। सधै म मरेपछि छोराछोरीले दुख पाउलान भनेर पिरोलीने बाबुआमाले पनि आफ्नै जीवनकालमा सन्तानको मात्र नभई देश विकासमा आफ्नो सन्तानको योगदान देखेर गर्वले छाती फुलानेछन।

कागले कान लग्यो भन्दैमा कागको पछिपछि दुगुरे सरह नेता र राजनीतिज्ञहरुले देश बनाई दिन्छन अनि म केही गरौला भनेर युवा पुस्ता अब पनि आशैआशामा जीवन काट्ने हो भने तलको भिडीयोमा देखाई सरह राजनीतिज्ञहरुले जनताहरुलाई व्यापारिक संगठनले आफ्नो उत्पादन बढाउन विभिन्न विज्ञापन शैली अपनाएको जस्तै गरेर विभिन्न प्रोपोगण्डा फैलाएर समाजमा अराजकता फैलारहन्छ र विभिन्न तरीकाले आफ्नो राज जमाइरहन्छ।

प्रतिक्रिया