डा.सुरेन्द्रको आक्रोस : राष्ट्रपति को खर्च के छ?तामझाम के छ?र हिजो राजा को खर्च र तामझाम..(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख २१ गते ११:२४ मा प्रकाशित

प्राध्यापक डाक्टर सुरेन्द्र केसी ले राष्ट्रपति को ताम झाम ,खर्च र कार्यसैली हेर्दा हिजो को राजा को तामझाम र कार्यसैली भन्दा भड्किलो हुनु मुलुककै दुर्दशा भएको बताएका छन । आफुले बोलेका सत्य तथ्य कुरालाई राजदुत हुन नपाएको आक्रोश भनेर अफबाह फैलाउने सत्ताधारी का कार्यकर्तालाई पार्टी का कमैयाको परिभाषा दिदै तिनिहरु प्रती आक्रोश समेत ब्यक्त गरेका छन ।

आफ्ना पिता पुर्खा देश कै निम्ति लडेको स्मरण गर्दै केसी ले आफ्ना बाबू तरवार बोकेर लडे काटिए ,आफू कलम बोकेर त्यही हिम्मतका साथ देशका निम्ति लडिरहेको समेत उल्लेख गरे । आफू मुलुकको बेतिथि निरीह भएर हेरिरहनु भन्दा तरवार लिएरै भए पनि लड्नु परे लड्छु भन्ने परिस्थिति मा आइपुगेको भन्दै जनताले नेताले गरेको यस्तो कुकार्य सहेर बसिरहने हो भने मुलुक नै रहनेकी नरहने भन्ने स्थिती आउने चिन्ता समेत ब्यक्त गरेका छन ।

प्रतिक्रिया