काठमाडौँ, वैशाख २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासन र विकासलाई महत्व दिएर अघि बढेको बताउनुभएको छ ।
“हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौँ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “केही समय विभिन्न कारणले हामी पछि प¥यौँ तर अब त्यो समय सकियो, हामी अगाडि बढ्छौँ ।”
दक्षिण एसियाली उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिसँग शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपालमा लगानीमैत्री वातावरण रहेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।
नेपालले मात्र हैन, दक्षिण एसियाले नै अािर्थक विकास र उन्नतिलाई प्राथमिकतमा राख्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले ‘हामी समृद्ध दक्षिण एसिया र सुखी दक्षिण एसियाली देख्न चाहन्छौंँ’ भन्नुभयो ।
दक्षिण एसियाली क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको समेत प्रधानमन्त्री ओलीले सुझाउनुभयो । दक्षिण एसियामा नै युवा जनसङ्ख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ ।
प्रतिक्रिया