कसैले नचिनेका बैज्ञानिक बा, आज चिनाउदै छौँ, ८५ वर्षको उमेरमा पनि यस्तो जोश, यस्तो आविस्कार गरिरहेका छन्

इनेप्लिज २०७६ वैशाख १५ गते २३:५४ मा प्रकाशित

भिडियोमा देखिएका वृद्ध व्यक्ति हुन्, पोखराका दिनबन्धु कोइराला । ३३ वर्ष निजामती सेवाबाट रिटाएर्ड कोइराला उमेले ८५ बसन्त पार गरे । उमेरले शरीर बढ्यौली भएपनि दिनबन्धुको मन मस्तिष्क र हातका औँलाहरु अझै सृजनशिल छन् ।

उनले जागिरे जिवन पछि दृश्टिबिहिनरुलाई पढ्न सजिलो हुने सामाग्रीहरु बनाइरहेका छन् । त्यसैले उनलाई धेरैले बैज्ञानिक बा भनेर चिन्दा रहेछन् । उनको घर छिर्नेबित्तिकै कतै हामी प्रयोगशाला छिरेका त छैनौँ झै लाग्छ । त्यो प्रयोगशाला दृश्टिबिहिनका लागि बनाइएका सामाग्रीले भरिएका छन् ।

उनले दृष्टिविहिनले छामेरै पढ्न र लेख्न सक्ने सामग्रीहरु निर्माण गरेका छन् । कोइरालाले करिब ११ बर्ष देखी दृष्टिविहिनलाई उपयोग हुने नयाँ नयाँ सामग्रीहरु बनाउदै आएका छन् ।

हेर्नुहोस उनै बैज्ञानिक बा संग गरिएको यो मिठो कुराकानी ।

प्रतिक्रिया