न्यू योर्कमा हुने युएनए सम्मेलनमा को को आउदै ? (बुद्ध लामा ,इन्दिरा जोशी ,तेरिया मगर ,घले दम्पत्ति,भवन भट्ट,जोली अमात्य लगायत आउने )

इनेप्लिज २०७६ वैशाख १५ गते १३:२४ मा प्रकाशित

डिसी ,बिश्व कै सम्राट राज्य न्यू योर्कमा आगामी मे २५ र २६ तारिखमा हुने युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) को चौथो सम्मेलनमा नेपाल लगायत विभिन्न राष्ट्रहरुबाट विशिष्ट तथा समुदायका चर्चित व्यक्तित्वहरुले सहभागिता जनाउने भएका छन् ।

गत बर्ष मेमोरियल दिवस (स्मारक ) को अवसरमा अमेरिकाको टेक्सस राज्यमा सफलता पूर्वक सम्पन्न भएको युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) को सम्मेलनमा गैर आवसीय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय समितिका पूर्व अध्यक्ष शेष घले आफ्नी जीवन संगिनी जमुना घलेका साथ आएका थिए ।

यस पटक पनि शेष घले तथा जमुना घले आउने भएका छन । यसको साथै वर्तमान गैर आवसीय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय समितिका अध्यक्ष भवन भट्ट जापानबाट आउने पक्का भएको छ ।

यसै गरि प्रथम हवाई जहाज निर्माण गर्ने बिमान चालक प्रमोद रेग्मीका साथै हाल सयुक्त राष्ट्र संघ कि पूर्व युवा सम्मेलन कि सभापति तथा हाल मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथ को सचिवालयमा कार्यरत जोली अमात्यले समेत सहभागिता जनाउने सम्मेलनका सह संयोजक पवन योञ्जनले ईनेप्लिजलाई जानकारी दिएका छन् ।

यसै गरि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की ( विद्या वारिधि ) ,युएनएका संस्थापक तथा सफल ब्यबसायी पासांग लामा ,नेपाल सरकारका बाणिज्यदुत एसी शेर्पा ,टेक्सस बाट एनआरएन अमेरिकाका लागि प्रादेशिक संयोजक गौरी राज जोशी ,युएनएका संयोजक सोनाम लामा तथा न्यु योर्क शहरका लागि परिषद सदस्य कोस्टा कंस्टयाटिनिडिस को पनि सहभागिता हुने छ ।

युएनए का संस्थापक तथा संयोजक सोनम लामा आयोजक नै हुन् तथापी उनीहरुको भूमिका निकै महत्वपूर्ण हुने हुनाले उनीहरुले बिशेष अतिथिहरुलाई स्वागत ,हेरचाह गर्ने छन ।

यसै गरि प्रथम नेपाल आईडलका प्रथम बिजेता बुद्ध लामा ,इन्दिरा जोशी ,तेरिया मगर ,मिस नेपाल युनिभर्स मनिता देवकोटा तथा चर्चित गायक धिरज राई लगायत अन्यहरुको सहभागिता हुने छ ।

गत ३ बर्ष देखि सम्मेलन गर्दै आएको युएनएले यस पटक पनि अमेरिकाको टेक्सस ड्यालसमा गर्ने भएको छ । प्रथम सम्मेलन क्यालिफोर्नियामा गरेको थियो भने दोश्रो सम्मेलन टेक्ससको ड्यालस मै गरेको थियो । युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) संस्थापक पासांग लामा ले युवाहरुको काँधमा जिम्मेवारी सुम्पिएकोले यस्ले निकै अर्थ लाग्दछ भन्दै सबैलाई सहभागी हुन् आग्रह ईनेप्लिज मार्फत गरेका छन् ।

सम्मेलनमा बिभिन्न खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, अभिमुखीकरण, गोष्ठी कार्यशाला, बालबालिका लक्षित बिबिध कार्यक्रम हुने छ । गत बर्ष शेष घले तथा जमुना घलेले उत्प्रेरणादायक आफ्ना कथा सुनाएका थिए भने यस पटक पनि यस्ता कुराहरु सुन्ने युवाहरुले पाउने भएका छन् ।

मुलत अमेरिकामा जन्मेका दोस्रो पुस्ता तथा युवाहरु सम्भावनाका भण्डार भएकोले उनीहरुलाई प्राथमिकताको साथ यस सम्मेलनमा पनि संलग्न गराइएको जानकारी सोनाम लामाले दिएका छन् ।

नेपाली समुदायका सदस्यहरुलाई मुलधारमा कसरी लग्ने , राजनीतिमा कसरी सहभागिता जनाउने ,मुलधारमा प्रवेश गरि राजनीतिमा कसरी आफ्नो पहिचान राख्ने आदी ईत्यादी बिषयमा समेत सचेतना ल्याउने काममा युनाइटेड नेप्लिज एशोसिएशन (युएनए)ले भूमिका निर्वाह गर्ने संस्थापक पासांग लामाले बताए ।

प्रतिक्रिया