‘क्षण’ ईश्वरी गौतम

इनेप्लिज २०७६ वैशाख १४ गते १५:३८ मा प्रकाशित

तिमीलाई आकाश सम्झे
त्यहाँ भित्रको एक तारा हु म
तिमिलाइ ठुलो वृक्ष सम्झे
त्यहाँ वरिपरिको छहारि हु म

तिमी दिनको सुर्य भए
म रातको चन्द्रमा बनौंला
तिमी मुटु बन
म रगत बनी सिन्चित गरौला

लरखराएर तिम्रो सामु झरे भने
मेरो हात समाउनु
जीवन मेरो ढालपलाएमा
बैशाखि भै सहारा दिनु

अतालिएर हिड्दा हिड्दै
तिम्रो न्यानो साथ पाए
जीवनमा नसोचेको
एउटा खुशी हात लाए।

प्रतिक्रिया