कड्किए चित्र बहादुर: ‘राजतन्त्र’ फेरी केहि गरि ल्याए पनि राजतन्त्रले नेपाली जनताको समस्या..।(भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख १२ गते १०:५५ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी ले लोकतन्त्र दिवसको सन्धर्वमा कुरा गर्दै मुलुकमा आम्सिक परिवर्तन मात्र भएको उल्लेख गर्दै आधारभुत रुपमा परिवर्तनका निम्ति अझै संघर्स बाकी रहेको बताउनु भएको छ । परिवर्तन र अमनचयन जनतालाई नभएर केही स्वार्थी नेताहरुको जीवनलाई मात्र आएको भन्दै केसिले राजनितिमा देश र जनतालाई केन्द्रमा राखेर सोच्न नसक्नेहरुले लुट मच्चाइरहेको भन्दै भ्रष्टाचारले सिमा नागेको बताउनु भएको छ ।
यस्तो अवस्था बाट मुलुकलाई मुक्त गर्न जनता सचेत भएर सडकमा आउनु को बिकल्प नभएको उल्लेख गर्दै जनताको जीवन मा आधारभुत परिवर्तन र खुसादी नआए सम्म आफ्नो राजनीतिक जीवन सफल भएको मान्न नसकिने भन्दै यहाँ सम्मको संघर्स पनि सामान्य दुखले प्राप्त नभएको भन्दै मुलुक र जनता पुर्ण मुक्त नहुदा सम्म आफू राजनितिमा सफल भए भन्न नसकिने बताउनु भएको छ । सादा जीवन र स्पष्ट अभिव्यक्ति भएका निस्कलङ्क नेता केसी ले जनताले राजा फर्काएइहाले भने पनि राजा आउदैमा राजाले जनताका समस्या हल गर्छ्न भन्ने ठान्नु गलत हुने भन्दै नेपालमा फ्याकिएको ब्यवस्था पुन फर्किएको कमै इतिहास भएको उल्लेख गरेका छन ।

 

प्रतिक्रिया