डा.सुरेन्द्रको आग्रह: प्रेम सन्जेल र डा.सुरेन्द्र केसी अब देश बचाउन आन्दोलनमा आउनु पर्छ। (भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख ११ गते १०:४३ मा प्रकाशित

राजनैतिक बिश्लेषक सुरेन्द्र भण्डारीले बिकृती बिसङ्गती बिरुद्ध आवाज उठाउदै आएका स्वतन्त्र अभियान्ताहरुले एक जुट भएर प्रतिरोधको गर्नु पर्ने आवस्यकता भएको भन्दै नेपालका लागि नेपाली अभियानको अभियान मा आएर नेतृत्व दायी भुमिका खेल्न अपिल गरेका छन । मुलुकमा राष्ट्रियता गम्भीर सङ्कट मा पर्दै गएको र सरकारनै राष्ट्र घात ,भ्रष्टाचार र जनघातमा सक्रिय रहेको भन्दै नेपालीलाई अल्पमतमा पार्ने गम्भीर अपराध भै रहेको भन्दै कानुन नबन्दै नागरिकता बाड्न निर्देशन दिने गृहमन्त्री को हर्कत गैरकानुनी र देश बेचुवा चरित्र भएको उल्लेख गरेका छन ।

मुलुकमा बिखण्डन कारी गतिविधि गरिरहेका सिके राउतलाइ बिखण्डन कारी गतिविधिमै सक्रिय हुदाहुदै बिखण्डन को कानुनी बैधता दिनु गम्भीर भएको भन्दै बर्तमान ओलिसरकार छिमेकी देश को हित बिपरित परिचालन भैरहेको कारण पनि मुलुक सङ्कट मा पर्ने उल्लेख गरेका छन । मुलुक जोगाउन जनता जाग्नु पर्ने भन्दै उनले लोकतन्त्र सुधार गर्न निर्बाचन प्रणाली नै सुधार गर्नु जरुरी रहेको समेत उल्लेख गरेका छन ।

प्रतिक्रिया