पोखराकी विष्णु कुँवर विगत १० वर्ष देखि ट्याक्सी चलाउदै आएकी छन् । पोखरामा ट्याक्सी भलाउने उनिमात्र एक महिला हुन् । पुर्व खेलाडी समेत रहेकी उनले सानै देखि दाम र नाम कमाउनुपर्छ भनेर साचीरहन्थीन् । बिहे अघिसम्म उनले खेलहरु खेल्थीन् तर बिहे पछि बैंकसं ऋण लिएर ट्याक्सी किनीन् र आफैले चलाउन थालिन् । उले यो पेशा बाध्यताले नभई रहरे गरेको बताउछीन् ।
अहिले उनका २ वटा ट्याक्सी छन् । एउठा उनी आफैले चलाउछीन् भने अर्को ट्याक्सी चलाउन चालक राखेकी छन् । घर परिवारको साथ भएकै कारण आफु सफल भएको उनको अनुधव छ । उनका दुई छोराछोरी निजी विद्यालयमा अध्ययनरत छन्। श्रीमान् पनि पर्यटकको हायस गाडी चलाउँछन्। दुवैको आम्दानी सन्तोषजनक छ। रिजर्भमा उनको खोजी बढी हुने गर्छ। एकचोटि ट्याक्सी चढेको मानिसले उनलाई नै खोज्ने गर्छन्। यात्रुको विश्वास पनि महिला चालकमा अलि बढी हुने गरेको उनको अनुभव छ।
https://www.youtube.com/watch?v=RHSX9CY0Cxc
प्रतिक्रिया