बिकास बिरोधीको ज्वलन्त उदाहरण ! सडक छेउमा फलसहितका २४ गमला फुटाल्ने को हो

इनेप्लिज २०७६ वैशाख ८ गते ११:०६ मा प्रकाशित

पोखरा महानगरपालिका वडा नं. १४ काजिपोखरी स्थित मोहनमार्गमा स्थानियले रोपेको २४ वटा गमला अपरिचित व्यक्तिले तोडफोड गरेका छन् । स्थानियहरुले गत मंसिरमा रोपेका गमला गत बैशाख ५ गते राती तोडफोड भएको स्थानियको भनाई छ ।

समाज विकास गर्न समाजका हरेक व्यक्तिको सक्रियता महत्वपुर्ण हुन्छ । केहि व्यक्ति सकरात्मक काम गर्दै जाने केहि नकरात्मक रुपमा सोचीरहने हो भने आशातीत विकास हुन सक्दैन । पोखरा महानगरपालिका वडा नं. १४ मा रहेको मोहनमार्गका स्थानियले आफ्नो टोल सफा र सुन्दर राख्न अनि विकास गर्न निरन्तर लागिरहेका छन् ।

सो ठाउँलाई पहिला सक्रिय टोल भनेर चिन्ने गरिन्थ्यो तर पछिल्लो समयको विकासमा अमेरीका निवासी मोहन गुरुले खेलेको भुमिकाको कदर गर्दै स्थानियले सो मार्गको नाम नै मोहन मार्ग राखे । २१ लाखको लागतमा उनिहरुले बाटो ढलान गरे । गत मंसिरमा आफ्नो टोलको सडकको छेउमा ५५ वटा स्ट्याण्डमा १ सय १० वटा गमलामा फुलहरु रोपे । उनिहरुको सो कामले टोलनै सुन्दर र मनोरम देखिएको थियो । टोलको विकासमा आफुले सक्नेजती लागिरहेका छन् ।

https://www.youtube.com/watch?v=PeMtkPu3MIY

प्रतिक्रिया