राजपा पदाधिकारी समितिको बैठक शुरु

इनेप्लिज २०७६ वैशाख ८ गते ८:४४ मा प्रकाशित

काठमाडौं, वैशाख ८ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल महाधिवेशनको विषयमा छलफल गर्न आजदेखि पदाधिकारी समितिको बैठक बसिरहेको छ ।बबरमहलस्थित पार्टी कार्यालयमा बसेको बैठकमा पार्टीको अगामी एकताको महाधिवेशनको विषयमा छलफल हुने पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । उहाँले पार्टीको महाधिवेशन तथा विभिन्न दलसँग हुने एकीकरणको विषयमा छलफल हुने बताउनुभयो ।

वैशाख ७, ८ र ९ गते हुने भनिएको पार्टीको महाधिवेशन स्थगित भएको छ । स्थगित भएको महाधिवेशन कहिले हुने विषयमा छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएको छ । राजपा नेपालमा १३१ जना पदाधिकारी रहेको छन् ।पार्टीको विशेष अधिवनेशन गर्ने कि पूर्ण महाधिवेशन गर्ने त्यस विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया