पेरिसकाे प्राचीन चर्चित गिर्जाघर ‘नोट्रे दाम’ मा भिषण आगलागी !! भएको के रहेछ त्

इनेप्लिज २०७६ वैशाख ५ गते १०:३५ मा प्रकाशित

पेरिसकाे प्राचीन चर्चित गिर्जाघर ‘नोट्रे दाम’ मा भिषण आगलागी भएकाे छ। सोमबार बेलुका १८:५० देखि सुरु भएको आगलागी मंगलवार बिहान ७ बजे मात्र नियन्त्रणमा ल्याउन सफल भएका छन् ।

‘नोट्रे दाम’ को वर्तमान स्थिति :

अग्निनियन्त्रकहरूले घन्टौं प्रयास पछि “नोट्रे दाम” मा लागेको आगलागी मंगलवार बिहान नियन्त्रणमा ल्याएका छन् । फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले बताए अनुसार चर्चको केहि मोहरा र घन्ट झुण्ड्याइएको मुख्य दुइ टावर सुरक्षित भनिएता पनि उक्त टावर र मोहरा(पर्खाल) भवन पुनर्निर्माण गर्न स्थिर भएको वा नभएको अझ स्पस्ट हुन सकेको छैन ।

आगलागी कसरी नियन्त्रण ?

४०० संख्यामा अग्निनियन्त्रकहरू खटेका थिय भने थुप्रै उडान पानीकन्टेनरद्वारा आगो निभाउन प्रयास गरिएको थियो ।

घाइते ?

चर्चमा लागेको आगो र खरानी खसेर केहि अग्निनियन्त्रकहरू सामान्य मात्र घाइते भएका छन् । भाग्यवस कोहि कसैलाई त्यस्तो केहि गम्भीर घाइते नभएको अग्निनियन्त्रकका सेफ Jean -Claude Gallet ले जानकारी गराएका छन् ।

क्षतिपूर्ति:

विशेषज्ञद्वारा ठूलो नाश भएको जनाइएता पनि एकिन खर्च भने अझ स्पस्ट गर्न सकेका छैनन् । विश्व सम्पदा सूचिमा सूचिकृत उक्त प्राचीन गिर्जाघर ८ सय ५० बर्ष पुरानो इतिहास रहेको छ ।

आगलागीका कारण :

“नोट्रे दाम”मा भएको आगलागी एक आकस्मिक दुर्घटना हो । भवन भित्र केहि समय देखि धेरै थोरै बनाउंदै आएको र त्यही पुनर्निर्माणको सिलसिलामा यो घटना भएको अनुसन्धानकर्ताहरूको भनाइ रहेको छ ।

“नोट्रे दाम” फेरी निर्माण ?

फ्रान्सेली राष्ट्रपति माक्रोँका अनुसार “नोट्रे दाम” पुनर्निर्माण गर्नका लागि विश्व अभियान नै सुरु गर्ने बताएका छन् भने पुनर्निर्माणका लागि फ्रान्सेली संकृति सम्पदा फाउन्डेसन डु पत्रिमोए “du Patrimoine ” ले चन्दा संकलन सुरु गरिसकेको छ ।

प्रतिक्रिया