डा.महाविरले पोखे दुखेसो: ‘अनुसन्धान’ र ‘आविस्कार’ भनेको कुनै बाटो-घर बनाए जस्तो होइन। (भिडियो सहित)

इनेप्लिज २०७६ वैशाख ४ गते ११:०८ मा प्रकाशित

राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष महाबिर पुनले नेपालका सासकहरुमा बिज्ञान प्रबिधिको बिकास गर्नु पर्छ भन्ने मानसिकता तयार नहुनु र आबिस्कार तर्फ लागीपर्ने हाम्रो सामाजिक सस्कार बिकास नहुनु नै सरकारले आफुहरुलाई असहयोग गर्नुको मुख्य कारण हुन सक्ने बताउदै सरकारले आर्थिक रुपमा असहयोग गरेपनी देश बिदेश मा रहनुभएका ,बिकास , समृद्धि,र बिज्ञान प्रबिधि के हो भन्ने बुझेका नेपाली दाजु भाइ दिदी बैनीहरुले सहयोग गरेकै भरमा आबिस्कार केन्द्र चलिरहेको र किर्तिपुर सहित मुलुकका विभिन्न ठाउमा आबिस्कारका खोज अनुसन्धान र काम भै रहेको बताएका छन ।

अहिले सम्म दाताको सहयोग र विभिन्न प्रयत्न बाट आबिस्कार केन्द्रमा सातकरोड जम्मा भएको र त्यसमध्ये करिब एक करोड खर्छ समेत भै सकेको उल्लेख गर्दै अहिले आबिस्कार केन्द्रमा बिज्ञान प्रबिधिमा रुचि भएका धेरै बिद्यार्थिहरु विभिन्न आबिस्कारमा अनुसन्धान रत रहेको बताउदै अहिले आबिस्कार केन्द्रमा दुर्गम ठाउमा बिरामीहरुलाइ औषधि पुर्याउने मेडिकल ड्रोन बनिरहेको र अब केही महिना पछि चाडै यस्को परिक्षण उडान गर्ने लक्ष्य राखिएको समेत बताएका छन । भने आबिस्कार भन्ने कुरा बृहत् अनुसन्धान र कठिन कुरा भएको ले अरु काममा जस्तो छिटो छिटो परिणाम खोज्नु गलत हुने भन्दै पुन ले आबिस्कार केन्द्रमा अहिले गाई बस्तु को दूध दुहुन प्रयोग गर्ने मौलिक मेसिन को समेत काम भै रहेको र त्यो आबिस्कारमा नया विद्यार्थी भाइहरु लागीपरिरहेको र उनिहरु त्यो आबिस्कारमा सफल बन्ने छन भन्नेमा आफू बिस्वस्थ रहेको समेत बताएका छन |

प्रतिक्रिया