पोखरा पुगेर देउवाले भने – पोखराबाट पार्टी एकताको सन्देश पुगोस्

इनेप्लिज २०७५ चैत २९ गते १०:५३ मा प्रकाशित

पोखरा, २९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने बताएका छन् ।

नयाँ वर्ष २०७६ को अवसरमा शुक्रबार पोखरामा आयोजित कार्यक्रममा देउवाले नव वर्ष २०७६ को शुभारम्भसँगै पार्टी एकता हुनुपर्ने बताए ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी १० महिनापछि पार्टीको १४ औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया