‘उजेली’ टेलिश्रृंखलाले गर्दा म बाल बिबाह हुनबाट जोगिए, अवसर पाए पुन कलाकारितामा आउनेछु : उजेली (भिडियो)

इनेप्लिज २०७५ चैत २६ गते ३:११ मा प्रकाशित
पिएनपिखबर : सानै उमेरमा बिहे गरेर घरपरिवार सम्हालेकी १० वर्षीया ‘उजेली’ को भिडियो २८ वर्ष पछि सामाजिक संजालमा भाइरल भएको छ । सन् १९९२ मा युनिसेफले तयार पारेको उक्त भिडियो बालबिबाह गर्नु अपराध हो भन्ने संदेश बोकेको थियो। भिडियोको मुख्य भूमिकामा देखिएकी ती सानी बुहारी आज ठुलो भएकी छिन्।

करिव २८ बर्षपछि उजेलीको चर्चा मिडिमा छाएको छ । उनको वास्तविक नाम वृन्दा अधिकारी हो। उनको पुर्ख्यौली घर रसुवा हो। ५ कक्षा पुगेपछि आफ्नो भविष्य कोर्न उनी काठमाडौँ आइन। उनी काठमाडौँमा बसेर पढिन र अहिले उनी एक नर्स भएकी छिन्। नर्सको पेसाले उनलाई कतारतर्फ डोरायो। केहि वर्ष कतारको बसाई पछि उनी हालै राजधानीमा बस्दै आएकी छिन्। उनको अहिले भने विवाह भईसकेको छ भने एक सन्तानकी आमा पनि भएकी छिन्।

उक्त भिडियोले गर्दा उनको विवाह पनि ढिलो भएको उनी बताउँछिन्। उनी पेशाले नर्श पनि हुन्। उनी भन्छिन, ‘म स्कुलमा पढ्दा अभिनय गर्ने मौका जुर्यो जसले गर्दा समाजमा चेतनामुलक संदेश फैलियो। त्यस भिडियो नबनेको भए मेरो पनि आज बालविवाह हुन्थ्यो होला। यति लामो अन्तराल पछि चर्चा पाउँदा निकै खुशी भएकी छु।’ उनको जन्म घर रसुवामा अझै पनि बालविवाह हुने गरेकोमा वृन्दाले दुख व्यक्त गरिन। उनलाई अहिले निकै अभिनय गर्न इच्छा रहेको बताइन। अवसर आए कलाकारितामा फर्किने वृन्दाको सोच रहेको छ। हेर्नुहोस वृन्दा अधिकारीसँग गरिएको कुराकानी….

प्रतिक्रिया