एनआरएनए नाइजेरिया द्वारा लेगोसमा रक्तदान

इनेप्लिज २०७५ चैत २४ गते १४:२६ मा प्रकाशित

लेगोस , नाइजेरिया । गैरआबासिय नेपाली संघ नाइजेरिया ले आज लेगोसमा सयुक्त आयोजनामा गरेको रक्तदानमा ७० जना भन्दा बढीले रक्तदान गरे । लेगोस राज्य सरकारको रक्त सन्चार केन्द्र र रोटरी क्लबको संयोजनमा भएको रक्तदानमा एनआरएनए नाइजेरिया , गुजराती समाज र केरला समाजको संयुक्त आयोजना रहेको थियो ।

रक्तदानमा एनआरएनए नाइजेरियाका तर्फबाट एनआरएनए आइसीसी सदस्य चिरञ्जीवी रोका , बिदुर घिमिरे , आशा श्रेष्ठ सरकार , सोमेश अर्याल , रश्मि कुमार , गौतम मण्डल , एनआरएनए नाइजेरिया उपाध्यक्ष बिरेन्द्र गुप्ता , भिम थापा , बालकृष्ण पन्डित , सौगात सरकार , सुकमल सरकार , मनिष मेहता , प्रशान्त शर्मा , भरत रिजाल , इन्द्र टन्डन , अनुज कुमार , आदित्य कुमार र राजु सोनी गरि १९ जनाले रक्तदान गरेका छन ।

कार्यक्रममा एनआरएनए आइसीसी कोषाध्यक्ष हिक्मत थापा , महिला उप संयोजक मन थापा , नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल , उपाध्यक्ष उर्मिला रोका , कोषाध्यक्ष रोहित भाङ्गर र महिला संयोजक अन्जु पौडेल लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया