चित्रबहादुर केसी भन्नुहुन्छ: “नागरिकता विधेयक राष्ट्रघाती, तत्काल खारेज गर्नुपर्छ।(भिडियो सहित

इनेप्लिज २०७५ चैत २४ गते १२:१० मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ले अङिकृत नागरिकता वाला बिदेशीका सन्तानलाई बङ्सजको नागरिकता दिन गृहमन्त्रालयले गरेको परिपत्र देश बिरोधी काम भएको भन्दै बिदेशीका डिजाइनमै यस्तो काम भै रहेको अरोपलगाएका छन ।उनले सरकारको यो कार्यको कडा शब्दमा बिरोध गरेका छन । बिदेशी को काम गर्ने देश द्रोहीहरुलाई जनताले बिस्वासको मत दिदा आज मुलुक सङ्कट मा परेको भन्दै जनताले कुरा नबुझे सम्म देश बलियो हुन नसक्ने र मुलुकमा आधारभुत परिवर्तन भै नसकेको कारण यस्ता गतिविधि बढेको बताएका छन ।

आधारभुत परिवर्तन सगै राष्ट्रिय मुक्तिको आन्दोलन आफुहरुले लडिरहेको भन्दै केसी ले स्वधिनता र आधारभुत परिवर्तन को अन्तिम संघर्ष ससत्रक्रान्ती बाटै मात्र सम्भव हुने भन्दै केसीले आफुहरु संसोधनवाद बिरोधी क्रान्तिकारी शक्ति भए पनि राष्ट्रिय अन्तरास्ट्रिय परिस्थिती अनुकुल नहुदा ससत्र संघर्सको नियती २८ सालको झापा बिद्रोह र २०५२ को माओबादी को जनयुद्ध को अपराध जस्तै दुस्साहस हुने भएकाले शान्ति पुर्ण क्रान्तिकालागी संसद को उपयोग गरिरहेको र त्यहा आफूहरुको उपस्थिती सानू भए पनि जनताले जति मात्रामा बिस्वास गरेर आफ्नो पार्टीलाई जनमत दिएका छन त्यस्लाइ अरु दलले जस्तो दुरुपयोग नगरेर देश को हितमा इमान्दार पुर्वक कार्य गरिरहेको बताएका छन ।जनताले आफुहरुलाई बलियो साथ नदिनु दुर्भाग्य भएको भन्दै केसी ले अझै पनि जनताले कुरा बुझेर साथ दिए जनताको दिमागमा पिसाब फेर्ने दलाल बिरुद्ध आधारभुत परिवर्तन र बलियो देश भक्तिको लडाइको नेतृत्व गर्न आफुहरु तयार रहेको भन्दै जनतालाई अपिल समेत गरेका छन ।

प्रतिक्रिया