सरकारी चिकित्सकद्वारा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बहिष्कार

इनेप्लिज २०७५ चैत २२ गते ९:४१ मा प्रकाशित

काठमाडाैँ,  २२ चैत । आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै सरकारी चिकित्सकहरूले आजदेखि आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बहिष्कार गरेका छन्।

सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि सरकारी चिकित्सक संघ (गोदान)को नेतृत्वमा उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

देशभरका सरकारी चिकित्सकले आजदेखि अनिश्चिकालसम्मका लागि आकस्मिकबोहक सबै सेवा बन्द गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिए। तर, हावाहुरीले क्षति पुर्याएका बारा र पर्सा जिल्लामा सरकारी चिकित्सकले आफ्नो नियमित सेवा नरोक्ने पनि उनले जानकारी दिए।

गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ। आफ्ना माग पूरा नहुँदासम्म चिकित्सा सेवा बहिष्कार गर्ने निर्णय संघले गरेको छ। नेपालभर करिब १४ सय सरकारी चिकित्सक कार्यरत  छन् ।

प्रतिक्रिया