सक्कली पत्रकारिताको प्रभाव घटेको हैन वढेको छ : सच्ची मैनाली

इनेप्लिज २०७५ चैत २१ गते २२:३४ मा प्रकाशित

पत्रकारितामा कसरी आउनु भयो ?

म १४ बर्षको उमेरदेखिनै बाल कार्यक्रम हातेमालोमा संलग्न थिएँ । त्यसपछि H.B.C 94 Fm मा बिबादास्पद बिषयहरू समेटिने कार्यक्रम सत्य के हो ? कार्यक्रम चलाउन थाले त्यसैको निरन्तरता स्वरूप मैले मेरो पत्रकारिताको सुरूवात अशल शासन रेडियो कार्यक्रमबाट गरें । त्यसबखत म रेडियो कार्यक्रमका साथै मासिक अशल शासन नेपाली बुलेटिन र दैमासिक Good Governance अंग्रेजी म्यागजीनको साथै फाट्टफुट्ट अन्य पत्रिकाहरूमा पनि लेख्ने गर्थे ।

यहाँको अनुभवले मोफसल र केन्द्रको पत्रकारितामा के फरक पाउनुभयो ?

मोफसलको पत्रकारिता भनेको नेपालको राजधानी वाहिरको पत्रकारिता वुझिन्छ । यसमा अमेरिकावाट कसरी फरक पाएको भन्ने ? अहिले सामाजिक संजालको कारण राजधानी र मोफसलको दूरी घटेको पाएको छु ।

पत्रकारितामा चुनौती के देख्नु हुन्छ ?

सामाजिक संजाल पत्रकारिताको यौटा चुनौती हो भने पूर्णकालीन पत्रकारिता नगर्नेहरूले पत्रकारिताको नाममा गरेका कर्मको शुध्दता र नैतिकतामा प्रश्न उठ्ने अवस्था छ ।

पत्रकारितामा विकृती छन् की ?

पत्रकार पनि समाजवादी एक अँग भएकोले समाजका अरू स्थानमा भएजस्तै पत्रकारितामा पनि विकृति हुनु अस्वाभाविक हैन । तर राम्रो पत्रकारिताले यसको साख जोगाएको छ ।

पत्रकारिताको प्रभाव घट्दै गयो की भन्ने पनि सुनिन्छ नी ?

सक्कली पत्रकारिताको प्रभाव घटेको हैन वढेको छ !

लेख्दा कत्तिको थ्रेट आउँछ, अनुभव कस्तो छ ?

थ्रेट अमेरिकामा सहज छैन । तर आफू अनुकूलको समाचार र विचार आउँदा अलिक व्यवहार वदलिएको र बिभिन्न रूपमा दुख दिने मनसाय भने परोक्ष रूपमा पाइन्छ । भर्खरै पनि एनआरएन अमेरिकाको सदस्यता बिवादको सम्बन्धमा प्रश्न उठाउँदै गर्दा सांगठनिक घेराबन्दी गरी फेसबुकले नबुझ्ने नेपाली भाषाको फाईदा उठाएर गलत रिपोर्ट गरी कार्यक्रममा पटक पटक बाधा पार्ने लगायतका हरकत गरी दुख भने दिईनैरहेका छन् । नेपालमा पत्रकारिता गर्दा भने सिधै थ्रेट भोगेको छु

पत्रकार र सञ्चार माध्यम सँधै सत्तापक्षको तारोमा पर्ने कारण के हो ?

सत्ता सधैं पत्रकारले दासत्व स्वीकार गरोस् भन्ने चाहन्छ । त्यो सक्कली पत्रकारले गर्दैन र सत्ताको तारो वन्छ !

पत्रकारिता पेशाबाट के पाउनु भयो र के गुमाउनु भयो ?

पत्रकारिता केही पाउन गरेको होइन ! त्यसैले त्यता मेरो रूचि छैन । पीडितको पक्षमा गरिएको वकालतको कारण उनीहरूको माया, स्नेह र आदर भने धेरै पाएको छु । गुमाउन त के गुमाउनु र ? कतिपय बेलामा कमाउनु पर्ने समय र परिवारको समय यता दिनुपर्छ । समय खर्च हुन्छ ! त्यत्ती हो !

बिशेष गरी कुन विधामा कलम चलाउन मन पराउनुहुन्छ ?

भ्रष्टाचार, ढिलासुस्ती, अनियमितताको बिषयमा र अन्यायमा परेकाहरूको पक्षमा ।

पत्रकारिता गर्ने र यो पेशामा आउन चाहानेहरुलाई के सुझाव छ ?

निष्ठामा रहन सकिंदैन भने पत्रकारिता गर्नु नै गलत हो ! तर निष्ठामा रहने हो भने र पीडितको आवाज सुन्ने धैर्य र साहस छ भने यो क्षेत्रको माध्यमवाट धेरै गर्न सकिन्छ ।

SOURCE : SABAL POST.COM (https://sabalpost.com/ }

प्रतिक्रिया