तेह्र टन सालकको खपटा बरामद

इनेप्लिज २०७५ चैत २१ गते १६:४६ मा प्रकाशित

सिंगापुरका अधिकारीले तेह्र टन सालकको खपटा बरामद गरेका छन् । यो अहिलेसम्म बरामद भएको सबैभन्दा ठूलो परिणाम हा । यसको मूल्य अन्तराष्ट्रिय बजारमा पाँच करोड २० लाख अमेरिकी डलर पर्छ । 

सालक मासु र यसको खपटाको लागि मारिदै आएको छ । यसको खपटा परम्परागत चिनिया औषधी बनाउन प्रयोग गरिन्छ । गत दशकमा मात्र करिव दशलाख सालक मारिएको अनुमान छ । सन् २०१० मा यसलाई लोपोन्मुख जनावरको श्रेणीमा राखिएको हो । 

यो परिमाणको सालकको खपटा भेटिएको विगत पाँच वर्षमा पहिलो पटक हो, सिंगापुरको भन्सार तथा राष्ट्रिय निकुन्ज बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो परिमाणको खपटा जम्मा गर्न करिव १७ हजार सालक मार्नु पर्ने बोर्डले जनाएको छ । 

सालकको खपटासंगै एकसय ७७ किलोग्राम हात्तिको दाह्रा पनि बरामद भएको छ । सालकको खपटा र हात्तिको दाह्रा नाईजेरियाबाट भियतनाम लैजान लागिएको थियो । कुखुराको मासुले छोपेर तस्करी गरीएको बोर्डका निर्देशक अर्दिन लुले बताए ।

प्रतिक्रिया