वनमन्त्री शक्ति बस्नेतको जिल्लामा अफिम खेती, प्रहरीद्वारा नष्ट

इनेप्लिज २०७५ चैत २१ गते ३:२९ मा प्रकाशित

जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अफिम खेती नस्ट गरिदिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट प्रहरी नायव निरीक्षक लालमणि जोशीको कमाण्डमा खटिएको संयुक्त टोलीले अफिम खेती नष्ट गरेको हो ।

जाजरकोट नलगाड नगरपालिका वडा नम्बर १ स्थित पातला, खौला र गर्वे भन्ने स्थानमा अन्दाजी १० कट्ठा जमिनमा खेती गरिएको लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोट जिल्ला वनमन्त्री शक्ति बस्नेतको गृहजिल्ला हो । मन्त्रीकै जिल्लामा लागुऔषध अफिमको खेती भएपछि जिल्लामा प्रहरीको आलोचना भएको थियो ।

प्रतिक्रिया