सेन्टरभिल स्पा वर्ल्डमा गैर कानुनी रुपमा ८० जनाको अर्ध या पूर्ण नग्न चलचित्र खिच्ने व्यक्ति पक्राउ

इनेप्लिज २०७५ चैत २१ गते १:४१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको चर्चित शहर सेन्टरभिल स्थित सेन्टरभिल स्पा वर्ल्डमा गैर कानुनी रुपमा ८० जनाको अर्ध या पूर्ण नग्न चलचित्र खिच्ने व्यक्ति पक्राउ लाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त व्यक्तिले चलचित्र ( श्रब्य दृश्य ) खिचे पछि सामाजिक संजालमा बेच्नको लागि राख्ने गरेको खुलासा भएको छ । भर्जिनियाको फेयर फ्याक्स काउन्टीका प्रहरीले उनि संग अझ श्रब्य दृश्य फेला पारेका छन् भने अझ उनले कुन कुन स्थानमा खिचे भन्ने पत्ता नलागी सकेको बताएका छन् । २८ बर्षिय क्याम एन्डरसन नामक व्यक्तिलाई अप्रिल ३ बुधबार का दिन उनलाई उनकै घर बाट पक्राउ गरिएको हो । उनलाई ३ वटा आरोपमा गैर कानुनी रुपमा चलचित्र बनाएको र वितरण गरेको आरोप छ ।

अनुसन्धानकर्ताका अनुसार एन्डरसनले लुकाएर आफ्नै भ्रमण ध्वनि बाट खिचेका हुन् भन्ने अनुमान गरेका छन् । प्रहरीका अनुसार सम्भवत उनले सन् २०१४ देखि नै खिचेको हुनु पर्छ भन्ने विश्वास गरेका छन् ।

प्रहरीले १ सय ५० भिडियो फेला परेका छन् भने ८१ जना पिडित छन् । पिडित हुनेहरुमा सबै पुरुष रहेको र ३ जना किशोरहरु रहेको बताएका छन् । यसको साथै थप ८४ जना पिडितहरुका भिडियो फेला पारेको जनाएका छन् । कुन स्थानमा खिचेको हो पत्ता लगाउने कोसिस भै रहेको छ भनि प्रहरीले जनाएको छ ।

फेयर फ्याक्स काउन्टी प्रहरीले यस बिषयमा गत बर्ष को मे महिना देखि नै अनुसन्धान गरि रहेको थियो जव उक्त व्यक्तिले आफै निर्वस्त्र भएको भिडियो सामाजिक संजालमा बिक्रीको लागि राखेको थियो भनि जनाएका छन् ।

यदी उक्त स्थानमा यहाँहरु पनि जानु भएको छ या कुनै शंका लागेमा प्रहरीलाई यस ७०३ २४६ ७८०० मा सम्पर्क गरि उजुरी गर्न सक्नु हुने छ ।

समाचार श्रोत : डब्लुटिओपी डटकम

प्रतिक्रिया