प्रारम्भिक सर्वेक्षण सम्पन्नः विस्तृत सर्वेक्षण सुरु

इनेप्लिज २०७५ चैत २० गते २१:३१ मा प्रकाशित

बारा र पर्सा जिल्लाहरुमा हावाहुरीले पारेको विपद्बाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । पहिलो पल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी यो तथ्याँक संकलन गरिएको हो । प्रारभ्भिक सर्वेक्षण समाप्त भएसंगै यो नतीजा आएको हो । बारामा १,८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले भन्नुभयो :“अव विस्तृत घरधृरी सर्वेक्षण सुरुभइरहेको छ । पर्सामा आजैदेखि सुरुभएको र बारामा भोलीबाट सुरु हुने छ ।” प्रारम्भिक सर्वेक्षण अनुसार एकहजार ६२ घर पूर्ण क्षती भएको छ र एक हजार तीनसय ४२ घर आंशिक क्षति पुगेको छ । मर्मत गरेर काम चलाऊ हिसावले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ ।

बारामा नौ सय ४० घर पूर्ण क्षति छ भने नौ सय ५५ घर आंशिक क्षति छ । त्यस्तै पर्सामा १२२ घर पूर्ण क्षति भएका छन् भने ९४० घरमा आंशिक क्षति भएको छ । स्थानीय वडाध्यक्ष, रेडक्रस र शुरक्षाकर्मीको संयुक्त टोलीले यो तथ्याँक निकालेको हो ।

प्रतिकार्यको तेस्रो दिन आज विभिन्न सहयोगको लागि रेडक्रसका ८२ स्वयंसेवक खटिएका र थप १३३ परिवारलाई तारपोलिन र डोरी वाँडिएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । १०० वटा म्याट्रेस र ४० वटा कम्मल पनि आजै वितरण गरिएको छ । केन्द्रीय तहबाट राष्ट्रिय विपद् प्रतिकार्य समूह दुवै जिल्लामा पुगिसकेका छन् र भोलीदेखि खानेपानी तथा सरसफाईको राष्ट्रिय विपद् प्रतिकार्य टोली बारामा सक्रिय हुनेछन्

 

स्वास्थ्य सम्बन्धी सामग्री पठाइँदै :

स्थलगत प्रतिवेदनलाई ध्यानमा राख्दै ५ सय थान झूल भोली बारामा पुग्ने गरी काठमाडौँबाट पठाइएको छ । पानी सुद्धिकरणका ट्यावलेट, साबुन जस्ता सरसफाई सामग्री पनि भोली साँझसम्म प्रभावित स्थलमा पुग्ने विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरिमोहन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रमा छाना र तयारी खानासँगै पकाउने चुलो, टर्चलाइट र चर्पीको आवश्यकता देखिएको बारा रेडक्रसले जानकारी दिएको छ । रेडक्रसले हालसम्म २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको छ । यो सेटमा त्रिपाल एक, कम्बल २, सारी १, पुरुषको धोती १, कपडाहरु १६ मीटर, भाँडाकुँडाको सेट, पानी राख्ने वाल्टी, १० मिटर डोरी रहेका छन् । यसका अतिरिक्त ६१२ परिवारलाई तारपोलिन तथा डोरी वितरण गरिएको छ ।

रेडक्रसका विभिन्न जिल्ला शाखाहरुले बारा जिल्ला शाखालाई प्रतिकार्यमा सहयोग गरेका छन् । झापा जिल्लाबाट थप १ लाख ३७ हजार रुपैँया नगद आज बारामा प्राप्त भएको छ । यस अघि सिन्धुली, सुनसरी, सिरहा, भक्तपुरबाट नगद सहयोग प्राप्त भएको बारा रेडक्रसका मन्त्री धीरेन्द्र यादवले बताऊनुभयो ।

पर्सामा विस्तृत सर्वेक्षण सुरुः राहत व्यवस्थापन एकद्धार गरिने

बुधवार विहान जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण भटराईको अध्यक्षता र प्रहरी उपरिक्षक रेवती ढकालको समन्वयमा रेडक्रसकर्मी र जिल्ला प्रहरीको टोलीहरुलाई विभिन्न प्रभावित क्षेत्रमा विस्तृत अध्ययन गर्न तालिम दिईको छ । राष्ट्रिय विपद् प्रतिकार्य टोलीका पर्सा संयोजक संतोष न्यौपानेले संवेक्षण फारम भर्ने अभ्यास गराउनुभयो ।

प्र.जि.अ.को निर्णयानुसार सर्वेक्षण र सहयोगको अनुगमन टोली समेत खटाइएको छ । उक्त टोलीमा जिल्ला प्रशासन कार्यालयबाट प्रशासकिय अधिकृत उज्वल बस्नेत, जिल्ला प्रहरी कार्यालयबाट प्र.निरिक्षक सुमानन्द पाण्डे, रेडक्रस केन्द्रका सन्तोष न्यौपाने, पर्सा रेडक्रसका राजनकुमार श्रीवास्त्व र टोली परिचालन समन्वय कर्ता नकुल राज गौतम रहनुभए

प्रमुख जिल्ला अधिकारी नारायण भटराईको अध्यक्षतामा सहायक प्र.जि.अ नेत्र शर्माको संयोजनमा राहत संकलन तथा वितरण संयोजन समिति गठन गरिएको छ । उक्त समितिको समन्वयमा मात्र एक द्धारप्रणलीमा राहत वितरण गरिने निर्णय गरिएको पर्साबाट राजन श्रीवास्तवले जानकारी दिनुभयो । नायब उपरिक्षक मानबहादुर राई, जिल्ला समन्वय समितिका रिजवानुला हक, रेडक्रसका विरशम्सेर कुर्मी, उद्योग वाण्ज्यि संघका हेमशंकर लाल कर्ण रहनुभएको छ ।

प्रतिक्रिया