प्रवासी नेपालि मन्च मानवीय सहयोगमा एक क़दम अगाडि

इनेप्लिज २०७५ चैत २० गते १४:५९ मा प्रकाशित

प्रवासी नेपाली एकता मञ्च (ओएनयूएफ )अमेरिकाले बाराका आँधी पिडित क्षेत्रका जनतालाई राहत बितरण गरेको छ । आँधीबाट अतिप्रभावित क्षेत्र फेटा गाउपालिकाको भलुहि, भलवहिया, पुरैनियाका पीीडतलाई ओएनयूएफ अमेरिकाको टोलीले आज राहत बितरण गरेको हो ।

आवश्यकताको आधारमा पीडितलाई राहत बितरण गरिएको ओएनयूएफ अमेरिकाका नेता  प्रभु थापाले जानकारी दिनुभयो । गत आइतवार साँझ आएको हावाहुरी तथा आँधीले बाराको सो गाउँपालिकामा ठुलो क्षती पुर्याएको थियो । सोही आधारमा ओएनयूफअमेरिकाले भोलि प्लेट नै सोही क्षेत्रमा पुगेर राहत बितरण गरेको थियो ।

ओएनयूएफ  अमेरिकालेपहिलो चरणमा पीडितलाई अति आवश्यक रहेको त्रिपाल, झूल, प्याड, पानी टर्च र सामान्य प्रकारका औषधी बितरण गरेको थियो ।कुनै गोफन्ड नखोलि आफ्नै सॉगठनिक सन्जाल प्रयोग गरी सहयोग सग्कलन गरिएको र सम्पूर्ण सहयोगको ख़र्च सार्वजनिक गरीनेछ ।

राहत बितरणका लागि ओएनएफ अमेरिकाका पूर्वअध्यक्ष तथा एनआरएन अमेरिकाको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी सञ्जय थापा, बरिष्ट उपाध्यक्षका प्रत्याशी  नारायण कणेल मिडवेष्ट उपाध्यक्षका प्रत्यासी समाजसेवी बाला घिमिरे, ओएनयूएफ अमेरिकाका नेत्त्रित्वमा रहनु हुने प्रकाश अधिकारी , राधाकृष्ण देउजा ,एम लामा    लगायतका अगुवाहरुले समन्वय गरिरहनुभएको छ ।

प्रतिक्रिया