हेटौंडामा “लिभिंग टुगेदर”को चर्चा

इनेप्लिज प्रतिनिधि २०७५ चैत १८ गते २:१० मा प्रकाशित

अमेरिकालाई विगत १४ वर्षदेखि कर्मभूमि वनाएर वसेका मकवानपुर हेटौंडाका सर्जक गोविन्द गिरी प्रेरणाको उपन्यास “लिभिंग टुगेदर” को परिचर्चा कार्यक्रम हेटौंडाको कृयाशील साहित्यिक संस्था साहित्य संगमको आयोजनामा सम्पन्न भयो ।

निमेश निखिल र शान्ति प्रियवन्दना प्रमुख वक्ता रहेको सो कार्यक्रमको सहजीकरण सुवास खनालले गरेका थिए । निमेश निखिलले उपन्यासले वढ्दो शहरीकरणसँगै मौलाएको लिभिंग टुगेदरलाई उपन्यासले विषय वनाएको र उपन्यासले महिलालाई सशक्त वनाउने सन्देश दिएको वताउँदै उपन्यासले अर्को भाग पनि माग गरेको वताए । शान्ति प्रियवन्दनाले उपन्यासले यौनलाई महिलाले पनि शारिरिक माग(फिजिकल निड)को रूपमा उपयोग गरेको प्रसंग र एकल महिला पुरूषको आडविना पनि आफ्नो खुट्टामा उभिन सक्छे भन्ने सशक्त सन्देश दिएको वताइन् ।

सहजकर्ता सुवास खनालले उपन्यास कुनवर्गलाई लक्षित गरेको हो भन्ने प्रश्न गरे !

उपन्यासकार गोविन्द गिरी प्रेरणाले आफूले काठमाडौंमा मौलाउँदै गएको लिभिंग टुगेदरको विषयलाई समातेको तर समाज र देशका विविध विसंगतिलाई पनि समेटेको वताए ।

कार्यक्रममा उपस्थित श्रोताहरूले समेत प्रश्न राखेका थिए र वक्ताहरू तथा लेखकले उत्तर दिएका थिए ।

प्रतिक्रिया