न त धर्म ले रोक्यो,न त भाषा ले : फिलिपिन्सले छोरी दिएपछी ज्वाइँ भयो नेपाल देखियो यस्तो प्रेम। (भिडियो सहित)

इनेप्लिज २०७५ चैत १६ गते १७:१२ मा प्रकाशित

मोरङका एक युवा जेम्स बिस्वकर्मा सग प्रेम बिबाह गरेकी फिलिपिनी युवती रोज एनाडाले नेपाली समुदायमा शृजनसिल जीवन सग सगै उदाहरणिय ब्यवसाय सुरु गरेर नमुना प्रस्तुत गरेका छन । आफ्नो जीवन र संघर्ष बारे खुलेर मिडियामा प्रस्तुत भएको यो जोडिले सुरुमा बिदेशी भुमिमा कडा मिहनत गरेको र अहिले करिब २५ लाख लगानी मा आफ्नै ब्यवसाय सुरु गरेपछी आफ्नै देश मा रोजगारी प्राप्त भएको खुशी मिडियामा साटेका छन ।

उनिहरुको प्रेमको बिस्वास र माया त उदाहरणिय छदै छ सगसगै उनिहरुले संचालन गरेको ब्यवसायको तरिका र उनिहरुले अन्य युवालाई दिएको रोजगारी झनै उदाहरणीय रहेको छ । उनिहरु जीवनलाई सफल बनाउन जसरी लागि परेका छन त्यसरी नै आफ्नो ब्यवसायको बिकास गरेर थप रोजगारी को अवसर शृजना गर्नेकुरा पनि सोचिरहेका छन । यो जोडि प्रेम गर्नेहरुका लागी मात्र होइन रोजगारी को अवसर खोजेर बिदेश पलायन भैरहेका अरु थुप्रैका लागी प्रेरणा को श्रोत बन्न सक्छन ।

प्रतिक्रिया