भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्रको नेतृत्वमा डा. शास्त्रदत्त

इनेप्लिज २०७५ चैत १० गते १३:०९ मा प्रकाशित

मदनकृष्ण सिलवाल

काठमाडौँ, चैत्र १० । भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्रको चौथो महासभा सम्पन्न भएको छ । गत शनिवार लाजिम्पाटस्थित डिल्लीरमण रेग्मी प्रतिष्ठानको सभाकक्षमा सम्पन्न महासभाले डा. शास्त्रदत्त पन्तको नेतृत्वको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

सो कार्यसमितिको उपाध्यक्षमा डा. फत्तेबहादुर केसी, महासचिवमा अच्युतप्रसाद पौडेल, कोषाध्यक्षमा रामकुमार राजभण्डारी चयन हुनुभएको छ भने सदस्यहरूमा भक्तबहादुर बलायर, धिरज भण्डारी, हेमा भारद्वाज लगायतको चयन हुनुभएको छ ।

भारद्वाज ऋषिको योगदान र महत्वलाई वर्तमान पुस्तासँग समेत पहिचान गराउने उद्देश्यका साथ विभिन्न खोज अनुसन्धानका कार्यक्रमहरू यस केन्द्रले गर्दै आइरहेको छ । यस गोत्रमा १२८ थरका वन्धुवान्धवहरू रहेको पाइन्छ । डा. पन्तभन्दा अघि चैतन्यदेव देवकोटाले भारद्वाज संस्कृति सम्वद्र्धन केन्द्र केन्द्रलाई नेतृत्व प्रदान गरिरहनुभएको थियो ।

यस केन्द्रले वार्षिक मुखपत्रि ‘अपर्णा’ अनुसन्धानमुलक पत्रिका र वृहत् रामायण सम्मेलन र वार्षिक रुपमा विभिन्न धार्मिकस्थलमा धार्मिक एवं अनुसन्धानात्मक कार्यहरू यस केन्द्रको पहलमा हुने गरेको निवर्तनमा अध्यक्ष चैतन्यदेव देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया