नेपालमा वार्षिक १५३३ डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाको जन्म

मदनकृष्ण सिलवाल २०७५ चैत ८ गते ११:२६ मा प्रकाशित

काठमाडौँ, चैत्र ८ । नेपालमा वार्षिक १५३३ डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाको जन्म हुने गरेको छ । विश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा आयोजिक कार्यक्रममा नेपाल डाउन सिन्ड्रोम संघकी अध्यक्ष डा. ललिता जोशी बताएकी हुन् ।

सो कार्यक्रममा काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपालका लागि अस्टे«लियन राजदूत, काठमाडौँ महानगरपालिका वडा नं. ११ का अध्यक्ष हिरालाल तण्डुकारलगायतका उपस्थिति रहेको थियो ।
नेपाल डाउन सिन्ड्रोम संघको आयोजना तथा अस्टे«लियनको दुवतावसको सहयोगमा हिजो(चैत्र ७) गते राजधानीको वसन्तपुर दरबार क्षेत्र परिसरमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रत्येक वर्ष २१ मार्च २०१९ का दिन यो दिवस नेपाल लगायत विश्वका अधिकांश राष्ट्रहरुले मनाउने गर्दछन् । यस वर्ष नेपालमा डाउन सिन्ड्रोमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व सम्पदा क्षेत्रमा सूचिकृत गद्दी बैठक, वसन्तपुर दरबार क्षेत्रमा पहेंलो र नीलो प्रकाशले प्रकाशित गर्ने तथा डाउन सिन्ड्रोम सम्बन्धित नाटकसहित भव्यताका साथ मनाइयो ।

पहेंँलो रंगले शरीर मस्तिष्कमा उर्जा र आशावादी भावना जागृत गर्दछ भने नीलो रंगले खुशियालीको भावना ल्याउँछ भन्ने सोचका साथ नीलो र पहेंलो मिश्रणले खुसी, आत्मनिर्भरता, लगनशीलताको भावना जगाई डाउन सिन्ड्रोम अवस्थाका बालबालिकालाई स्वतन्त्र, उत्पादनशील र मर्यादित जीवन यापनतर्पm उत्प्रेरित गर्दछ भन्ने सन्देशसहित मनाइयो ।

नेपालमा वार्षिक १५३३ डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाको जन्म हुन्छ । यो अवस्था अनुहारको विशेष लक्षण र शारीरिक, बौद्धिक कमजोरीबाट पहिचान हुन्छ र रगत जाँचबाट पुष्टि गरिन्छ । यिनमा एक बढी नं. २१ क्रोमोजम हुन्छ जसले गर्दा सामान्य मानिसमा ४६ क्रोमोजमको सट्टा डाउन सिन्ड्रोममा ४७ हुन जान्छ ।

संक्षेपमा नेपाल डाउन सिन्ड्रोम संघ M–

नेपाल डाउन सिन्ड्रोम संघ २०६३ सालमा डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाका अभिभावकहरुद्वारा स्थापित र सञ्चालित, गैरसरकारी मुनाफारहित संस्था हो । यस संस्थाले स्थापनाकालदेखि नै डाउन सिन्ड्रोम बारे सही सूचना प्रवाह, गर्भावस्था पूर्व र गर्भावस्थामा विवाहित दम्पत्तिहरुलाई परामर्श सेवा, बच्चाहरुको स्याहारसुसार, शीघ्र पहिचान÷निदान तथा यिनीहरुसँग सम्बन्धित रोगहरुबारे समयमा पहिचान र उपचारको ज्ञान, समाजमा जनचेतना प्रवाह गर्ने कार्यहरु गर्दै आईरहेको छ । यस संस्थाले शीघ्र सकारात्मक हस्तक्षेप जसले डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाहरु स्वावलम्बी र उत्पादनशील जीवनयापन गर्न सक्षम बनाउँछ बारे मार्गदर्शन तथा यससँग चाहिने उपचार र सहायक थेरापी प्रदान गर्दछ । साथै डाउन सिन्ड्रोम अवस्थाका बालबालिकाको हित, शिक्षा, स्वास्थ्य, रोजगारी सहभागिताको हक अधिकारलाई पैरवी र वकालत पनि गर्दछ ।

तस्वीर : बसन्तकुमार श्रेष्ठ

प्रतिक्रिया