साहित्यकार निलम कार्की “निहारीका “ संग नासा ( NASeA) को मासिक अन्तरक्रिया कार्यक्रम – २४ मार्च ‘१९, आईतबार सॉझ ५ बजे

इनेप्लिज २०७५ चैत ५ गते २२:०२ मा प्रकाशित

 

नासा , NASeA ( नेपालिज् एसोसियसन् ईन साउथईष्ट अमेरिका ) को पब्लिक रिलेशन समितिद्वारा संचालित हुने मासिक अन्तरक्रिया कार्यक्रमको सूचना !!!

“ नेपाली भाषा तथा साहित्यको महत्व र बिदेशमा बस्ने नेपालीहरूले हाम्रो आफ्नो भाषा तथा साहित्यको संरक्षण , निरन्तरता र बिकाशको लागि गर्न सकिने योगदान ‘ को शिर्षकमा जानकारी लिनको लागि आउंदो आईतबार २४ मार्च २०१९ , सॉझ ५ बजे नासा ( NASeA, नेपालिज् एसोसियसन् ईन साउथईष्ट अमेरिका ) को पब्लिक रिलेशन समितिले बर्तमान नेपाली साहित्यको लोकप्रिय , चर्चित तथा प्रखर ब्यक्तित्व एबं “ मदन पुरस्कार २०७५ “ को बिजेता साहित्यकार निलम कार्की निहारिका “ संग टेलिकन्फिरेन्सिगं कल मार्फ़त मार्च महिनाको मासिक अन्तरक्रिया कार्यक्रम मिलाएकोले यो महत्वपूर्ण कार्यक्रममा उपस्थित भईदिनु हुन र उहांको प्रस्तुति सकिना साथ तुरन्तै सो बिषय संम्बन्धी सबाल जवाफको समय पनि राखिएकोले सबाल राख्न ईच्छुकहरू सो बमोजिम तयारि पनि भईदिनु हुन नासा पब्लिक रिलेशन समितिले हार्दिक अनुरोध गरेको ब्यहोरा जानकारी गराउन चाहन्छु ।

मिति र समय – २४ मार्च २०१९ , आईतबार सॉझ ५ बजे

Dialing info – 712-451-0952
Access code – 124401
Interaction Program Moderator – Krishna Shrestha

धन्यवाद

कृष्ण श्रेष्ठ
महासचिव , नासा

नोट :-

पृष्ठभूमिको आबाजले टेलिकन्फिरेन्सिगं कल मार्फ़त हुने कार्यक्रको स्पष्टतामा बाधा पुग्ने हुनाले सो कार्यक्रममा उपस्थित हुनुहुने सबै सहभागिहरूले आफूले बोल्ने समय बाहेक अन्य समयमा आफ्नो फ़ोन वा अन्य ईलेक्ट्रोनिक साधन लाई MUTE Mode मा राखिदिनु हुन अनुरोध गरिन्छ ।
सीमित समयको बढि उपयोग गर्ने मनशायले तुलनात्मक हिसाबमा केहि थप सबाल जवाफ गर्न पाईने मौकाको लागि प्रश्नकर्ताले कुनै संम्बोधन , भूमिका र पुरक प्रश्न उल्लेख नगरि सोझै आफ्नो नाम र आफू बस्ने नगर तथा राज्यको नाम मात्र भनेर प्रश्न गरिदिनुहुन पनि अनुरोध गरिन्छ ।

निलम कार्की “निहारिका” – परिचय

निलम कार्की “ निहारिका “ नेपालको लोकप्रिय तथा बहुचर्चित साहित्यकार , उपन्यासकार , कबियत्री तथा कथाकार हुनुहुन्छ ।उहांको पहिलो कबिता “ किसान पत्रिका “ मा ६ कक्षाको बिद्यार्थी हुंदै प्रकाशित भएको थियो । पहिलो उपन्यास सन् १९९४ मा निस्केको थियो ।नेपालको सार्है आदरणीय लेखकहरूमा चिनिनुहुने उहांको अधिकांश कृतिहरू नेपालको प्रमुख अख़बार , टेलिभिजन र रेडियोमा प्रस्तुत हुने गर्दछन् । जुलाई २०१६ सम्ममा नेपालमा सर्वाधिक बिक्री हुने प्रकासनहरूमा उहांको “ चीरहरण “ उपन्यास परेको थियो । लैंगिक भिन्नता , सामाजिक कुरिती , जातिय भिन्नता , महिला अधिकार तथा सबलिकरण एबं सामाजिक अन्याय अत्याचारको बारेमा निडरताको साथ तथ्यको आधारमा खोजपूर्ण प्रमाण संकलन गरेर क़लम चलाउने उहांले धेरै नै राष्ट्रीय तथा अन्तराष्ट्रीय पुरस्कार र सम्मान प्राप्त गरिसक्नु भएको छ ।हाल अमेरिकाको नर्थ क्यारोलिनामा सपरिवार बसोबास गर्दै आउनु भएको निलम कार्की ज्यू को केहि प्रमुख कृतिहरू र उहांले प्राप्त गर्नु भएको पुरस्कार तथा सम्मान तल उल्लेख गरिएको छ ।

प्रकाशित कृतिहरू

बेली
मौन जिबन
नियतिको खेल
तिमी , म र उनी
हबन कथा संग्रह
Brain Fever ( Long Poem ) 2006
निलम कार्कीको कबिता संग्रह
कागजमा दस्तखत कथा संग्रह
०६२ को राजमार्ग
झ्यालबाट भित्र कथा
अर्की आइमाई
चीरहरण
योगमाया

पुरस्कार तथा सम्मान

पद्म श्री पुरस्कार
प्रथम पुरस्कार – नेपाली राष्ट्रीय कबिता प्रतियोगिता १९९९
यूबा बर्ष साहित्य सम्मान २००६
मानचित्र पुरस्कार – २००६
अनेसास उत्कृष्ट महिला लेखक २०१३
मदन पुरस्कार २०७५

प्रतिक्रिया