डा.दिक्षितको सरकारलाई प्रश्न: जनताको तिमीहरु सेवक कि मालिक? (भिडियो सहित)

इनेप्लिज २०७५ चैत ५ गते १०:५४ मा प्रकाशित

नागरिक अगुवा डा सुन्दरमणी दिक्षीतले राजनितीमा बिगत बिर्सने नेताको चरित्रका कारण मुलुक दुर्घटनामा परेको उल्लेख गर्नु भएको छ । बिप्लबका गतिविधिलाई नियन्त्रण गर्न सक्ने आधार हुदा हुँदै पार्टी माथी नै प्रतिबन्धलगाउनु बादल ,महरा प्रचन्ड ,केपीहरुको कमजोरी र अतालिएको मनस्थिति भएको भन्दै बिगत को माओबादी काल देखि नै माओबादी प्रती अनुदार हुँदै आएका केपीले पहिला गर्न नसकेको कार्य अहिले बिप्लब माथी गरेर देखाउन खोजेको हुन सक्ने आसङ्का ब्यक्त गर्दै बिप्लब अहिले असली माओबादी बिचारको बाटोमा देखिएको भए पनि बिप्लबको साना तिना ,सर्बसाधारण नागरिकलाई दुखदिने कार्यसैली र कारेक्रम बारे जनता सन्तुष्ट नरहेको उल्लेख गर्नु भयो ।

एउटा राजा फ्याकेर वटा राजा जन्मिदा जनता सहेर बस्छन ,नेताले देश लुटेको हेरेर बस्छन भन्ने कुरा कल्पना गर्न नसकिने भन्दै आक्रोशित जनताले ,जनताको समस्याले बिप्लबलाइ बल पुर्याउन सक्ने भन्दै , दायित्व नबुझने नेताहरु कै कारण यो ब्यवस्था असफल हुने खतरा रहेको उल्लेख गर्नु भयो । प्रतिपक्षी काङ्ग्रेस सग आक्रोसित बनेका वहाँले काङ्ग्रेस कमजोर हुनु कै कारण यस्तो परिस्थिति आएको भन्दै प्रचन्ड ,बादललाई सेरबहादुर ले टाउकाको मोल तोकेको बिगत नबिर्सन चेतावनी समेत दिनुभएको छ।

प्रतिक्रिया