संवाद सोमनाथ घिमिरे सगं………

इनेप्लिज २०७५ चैत ४ गते २२:५३ मा प्रकाशित

नेपालमा रहदा नेपाल विद्यार्थि संघका साथै पार्टीमा रहेर काम गरेको अनुभव वटुल्नु भएका ,त्यससंगै अमेरीकामा रहदा पनि पार्टीको विभिन्न तहर तप्कामा काम गरेको अनुभव संगाल्नु भएका ,लामो समय अमेरीकामानै रहेर समाजसेवामा लागि रहनु भएका जिपी कोईराला फाउन्डेसन अमेरीका का अध्यक्ष सोमनाथ घिमीरे संग समसामयीक विषयमा गरीएको कुराकानी

जिपी कोईराला फाउन्डेसनले अहिले के कस्ता काम गरि रहेको छ ?

जिपी कोइराला फाउन्डेसन अमेरीकाको म केही समय अघीमात्र अध्यक्ष भएको हु । जिपी कोईराला फाउन्डेन स्व गीरीजा प्रसाद कोईरालाको विचारलाई जनतासम्म पुरयाएर उहांको भावना विचारलाई स्थापीत गराउनु हो । नेपालको लोकतान्त्रीक आन्दोलनमा गीरीजा प्रसाद कोईरालाको योगदान उच्च कदरयाेग्य रहेको छ र उहांले निरन्कुशताका विरुध सवै सर्घष गर्नु भयो । उहांसधै सवैलाई स्वतन्त्रताका साथ वोल्न पाउनु पर्छ भन्दै मानीसको वोल्न पाउने अधिकारकालागी लड्नु भयो। उहांको त्याग तपस्याका कारण आज मुलुल लोकतान्त्रीक वाटोमा हीडीरहेको छ ।

त्यसैले हामीले अमेरीकामा रहेर उहांका सपनालाई साकार पार्ने गरी विभिन्न गतिविधिहरु सहित चरनात्मक कार्यक्रमहरु गर्ने कुरा वताउन चाहन्छु । अमेरिकी मुलधार राजनितीक पार्टी का नेताहरु (डेमोक्रेटिक र रिपब्लीकन)सगं पनि सहकार्य र बिचार बिमर्ष गर्दै अगी बढ्ने छौं।

केही दिनअघि पार्टी सभापतीले कोईरालाहरुका सन्दर्भमा गर्नु भएको टिप्पणीलाई कसरी लिनु भएको छ ?

साउथ एसियाकै पुरानो प्रजातान्त्रीक पार्टी नेपाली काग्रेंस मा बोल्नै नपाउनु भनेको दुखद कुरा हो । पार्टी शुद्धिकरण र पुनर्ताजगी का लागी हामी सबैले खबरदारी गर्न जरुरी छ, त्यो पनि २१ औं शताब्दीमा छौं हामि। बिधि बिधान मानौं। कोइराला कै कारण आज हामि यहां छौं। मानौं हिजो कोइराला युगले गर्न नसकेका कामहरु देउवा युगले त झन समय अनुसार को माग अनुसार परिवर्तन गर्न सक्नु पर्दछ। हामि भाग्यमानि छौं किन भने पार्टिले बेलायत जस्तो देशमा अध्यन गरेको सभापति चुन्न सफल भएको छ। राणा र राजा लाई फाल्ने पार्टीका आदरणीय नेता ज्यु हरु समय अनुसार बदल्न र पार्टीलाई पुनर्ताजगी बनाउन हार्दिक अपिल गर्दछु। उदाहरणका लागी मित्रराष्ट्र भारत मै हेरौंः गान्धीवाद को ईतिहास साक्षि छ। राहुल गान्धी को के देन र हैसियत थियो । भारतिय काग्रेस आई मा ? न त उनि जेलनेलनै बसे । आज उनि पार्टी अध्यक्ष भए किनभने त्यहि गान्धीवाद को बिरासत जरुरी भयो भारतिय काग्रेसलाई चलायमन र पुनर्ताजगी बनाउन, समयले पनि मागेको थियो।

नेपाली कांग्रेसका नेताहरुको आजको प्रवृतीलाई कसरी हेर्नु भएको छ ?

हामी २१ औ शताब्दी मा छौं र अरु पार्टीहरुको तुलना मा हाम्रै पार्टीका नेताहरू एकसेएक बिध्वान र डाक्टरहरु हुनुहुन्छ तर खोई दिमाग भन्या ? हिजो २०४६ ,४७ को आन्दोलनमा ६०-६५ प्रतिसत नेपाली जनताहरु नेपाली कांग्रेसको सदस्यता लिएका थिए भने आज आएर ३५-४० प्रतिसत मा सीमित हुनु भनेको नेताहरुकै कमजोरी हो र समयको माँग अनुसार बदल्न नसक्नू हो।बिंधी बीधान कै अवहेलना गर्नु , कृयासील सदस्यहरु को सही मुल्यांकन नहुनु, प्रतिशोध र प्रतिरोध को राजनिति गर्नु, आ-आफ्नो क्षेत्र भन्दा केन्द्रमै मोज मस्ती गरेर रमाउनु, उम्मेदवार छनोट गर्दा पार्टी प्रती गरेको लगनशीलता र देन नहेरीकन लेनदेन को हिसाब किताब गर्नू र हाम्रा आदरणीय अग्रज नेताज्यू हरूले गरेका गल्तिहरुमा नेपाली काङ्ग्रेसको कुनै नेता नबोल्नु, बरु सभापतीकै ओरिपरी खैंजडी र डम्फु बजाएर चाकडी गर्नमै र मुर्ख हनुमान भएरै आफ्नो अमूल्य समय बिताऊनु; हो त्यसको परिणाम आज आम नेपाली जनताले र हामी जस्ता सच्चा कांग्रेसीहरुले भोग्नु परेको छ, देश धरापमा परेको छ, धर्म संस्कृति मेटिएको छ, जातीय सदभाव खल्बलिएको छ ।

आज नेपाली काग्रेसमा अर्को बिपीको जन्म हुन जरुरि छ भने अब युवाहरु एक भएर अगाडी बड्न समयले मागेको छ र कांग्रेसका नेताहरूको परंमपरागत पुरातन चिन्तनबादी सैलिको मनस्थितिलाई नसच्चाए र गुटबन्दीको पर्खाललाई नभत्काउनजेल कांग्रेस झन ओरालो लाग्ने छ । अब हामी युवाहरु अगी बडौं र २१ औं शताब्दी को नेपाली कांग्रेस वनाउन म सवैलाई आग्रह गर्दछु ।

अमेरिका बाट नियल्दा, नेपालको राजनिति अहिले कुन मोड तिर गईरहेको जस्तो लाग्छ?

आज भन्नु पर्दा नेपालका प्राय सबै पार्टी का नेताहरु ८०-८५ प्रतिसत सम्म भ्रष्टाचार मा लिप्त भएका छन र यो तTransparency International को तथ्याङ्क ले नै बताउँ छ। भ्रष्टाचार निर्मुल भयो भने जनताले सुख: का दिनहरु भोग्न पाउने छन। र नेताहरु ले देश र जनताको हितका लागि योजनाहरु ल्याएर काम गर्नु पर्दछ। अहिले दुई तिहाइ कम्युनिस्ट सरकार ले त सघियंता लाई असफल बनाउने खेल र संविधान लाई खत्तम पार्न लागि परेको छ किन भने नेपालको संविधान दझिणी मित्रराष्ट्रलाई अाज सम्म अमान्य नै छ।

अब हामी आम नेपाली जनता ले फेरि अर्को जन-आन्दोलन गर्नु पर्ने हो त?

म त के आब्हान गर्छु भने देश-विदेश मा रहनु भएका राजनीतिक दलहरूका नेता-कार्यकर्ता, बुद्धिजीबी,नागरिक समाज,मानवाधिकारबादी र संचार माध्यमहरू सबै एक भएर राष्ट्र र राष्ट्रिय हितका लागी अत्यन्तै गंभीर भएर कार्य गर्न हाम्रो काधँमा ठुलो जिम्मेवारी आएको छ। देशले अब कुनै पनि द्वन्द थेग्न सक्दैन। पशुपतिनाथले नेपाल आमा रक्षा गरुन।

अन्त्यमा ,मेरा भनाई राख्ने अवसर दिनु भएकोमा तपाईं को मेडियालाई ईनेप्लिज डटकम परिवार लाई धन्यवाद दिन चाहन्छु साथै नेपाली कांग्रेसलाई वलीयाे काग्रेस वनाउन सवैले भुमीका खेल्नका लागी नेता कार्यकर्तालाई विनम्रताका साथ आग्रह गर्न चाहन्छु ।

विदेशमा रहेर पार्टीको काममा खटेका साथीहरुका विचामा विवादको वातावरण वनाउने तत्वको अन्त्य गरी हामी प्रवासमा पार्टीको संगठनालाई मजबुत वनाउनका लागी सवै साथीहरुलाई एकताका साथ हातेमालो गरेर अगाडी वढ्न विनम्रताका साथ आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया