राष्ट्रपतिलाई सर्पले बाटो काट्नु देशमा खतराको संकेत : ज्योतिष सोम प्रसाद नेपाल (भिडियो)

इनेप्लिज २०७५ चैत ४ गते ११:०३ मा प्रकाशित

पिएनपिखबर : ज्योतिष सोम प्रसाद नेपालले राष्ट्रपतिलाई सर्पले बाटो काट्नु देशमा खतराको संकेत हुने बताएका छन्।

राष्ट्रपति विदेश भ्रमणबाट गत शुक्रबार फर्किने क्रममा विमानस्थलमा स्वागतको लागि ओछ्याइएको रेड कार्पेटमा अचानक सर्प हिडेको थियो। ज्योतिष नेपालले यस अशुभ प्रभाव पर्न नदिन राष्ट्रपतिले स्वस्तिशान्ति गर्नु पर्ने बताए। उनी भन्छन, ‘एकाएक सर्प देखिनु अनिष्टको सङ्केत हो अब उनले धार्मिक आस्थाका साथ् कर्म भए आउँन सक्ने सङ्कट टाल्नेछ।’

अन्तरवार्तामा उनले देशको भविष्यवाणीबारे पनि चार्चा गरेका छन्। ज्योतिष्य हिसाबले देशमा ०७६ सालमा देशप्रति माया हुने जनताको मनमा राजसंस्थाले देशको अस्तित्व रहने भावना जागृत हुने देखि २०७६को अन्तिमसम्ममा देशको परिस्थिति बदलिने सङ्केत बढी देखिने उनले बताएका छन। बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया