काठमाडौं, १ चैत । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् ।
खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । माल्दिभ्सलाई सेमिफाइनल यात्राका लागि शुक्रबारको खेल जित्नै पर्ने दबाब रहेको छ ।
सेमिफाइनलको सम्भावना जीवित बनाउन माल्दिभ्सलाई जित बाहेक अन्य विकल्प छैन । शुक्रबारको खेलमा माल्दिभ्स पराजित भए समूहचरणबाटै बाहिरिने छ भने श्रीलंका र भारत एक खेल अगाबै सेमिफाइनलमा पुग्ने छन् ।
महिला साफ अन्तर्गत समूह ुएु मा रहेका नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
प्रतिक्रिया