अमेरिका नेपाल सहयोगी समाज( एएनएचएस )द्वारा मन्दिर निर्माणार्थ जग्गा खरिद

बिजय थापा/ गुणराज लुईटेल २०७५ फागुन २९ गते १४:२१ मा प्रकाशित

वासिगंटन डिसी। अमेरिका नेपाल सहयोगी समाज( एएनएचएस )ले मन्दिर निर्माणार्थ जग्गा खरिद खरेको छ ।

डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनासस शहरमा स्थापित उक्त संस्था स्थापना काल देखि नै अत्यधिक कृयाशील रहेको र समुदायमा उदाहरणिय काम गर्दै आई रहेको छ ।

संस्थाले विभिन्न कार्यक्रम गर्दा पटक पटक कार्यकम स्थल तथा सभा कक्ष प्राप्त गर्न कठिनाई तथा निकै अप्ठ्याराहरु सामना गर्दै आई रहेकोले यस्को बिकल्पको खोजीमा भौतारि रहेको अवस्थामा सुलभ मूल्यको जमीन खरिद सफल भएको छ ।

स्थापना काल देखि नै मन्दिर तथा सामूदायिक भवन बनाउने परिकल्पना तथा लक्ष्य लिदै आएको संस्थाले स्थापना भएको १० बर्ष पछि यो लक्ष्य प्राप्त गर्न सफल भएको छ ।

उक्त स्थानमा मन्दिरको भवन निर्माणको लागि जग्गा खरिद कार्य समपन्न भएता मन्दिर निर्माणको लागि अझ धेरै चुनौतीहरु रहेको बताईन्छ ।

यस्को लागी नेपाली समूदायमा संस्था कि वर्तमान अध्यक्ष कमला खरेल सबैमा सहयोगको लागि अनुरोध तथा आव्हान गर्नु भएको छ ।

मनासस शहर मै उक्त जग्गा खरिद र नामसारी समाप्त भएको छ । उक्त  जग्गा अमेरिका नेपाल सहयोगी समाज कै नाममा रहने छ ।

उक्त जग्गा खरिदको लागि संस्था कै प्रतिनिधी तथा जग्गा व्यवस्थापन हेरि रहनु भएका समाजसेवी तिलकराज खरेलले हस्ताक्षर गर्नु भएको छ ।

आज नामसारी भएको जग्गाको क्षेत्रफल ३.११ एकड रहेको छ । उक्त जग्गाको कूल मूल्य दुई लाख तेइस हजार डलर( $ २ लाख २३ हजार डलर )आजै नगद भुक्तानी गरिएको जानकारी दिईएको छ ।

उक्त जग्गा उत्तर भर्जिनियाको मनासस शहर नजिकै हे मार्केट क्षेत्रमा रहेको छ ।

जग्गा खरिद गर्न सहयोग गर्नु हुने सबै दानविरहरुलाई संस्थाका सबै पदाधिकारीहरले धन्यवाद दिदै मन्दिर निर्माणमा पनि सहयोगको अपे़क्षा गरेका छन ।

उक्त खरिद गरिएको जग्गामा पशुपतिनाथ मन्दिर वनाईने योजना रहेको छ ।

दाताहरुको सूची आफनो आधिकारिक वेभसाईट ( संजाल )मार्फत सार्बजनिक गर्दै जाने जानकारी गराउदै अध्यक्ष खरेलले हरेक दिन चन्दादाताहरुबाट तिव्र रुपमा सहयोग प्राप्त भै रहेको जानकारी ईनेप्लिजलाई गराउनु भयो ।

स्मरणिय छ, एएनएचएसले बिगत ३ बर्ष देखि अमेरिकामा जन्मेका दोस्रो पुस्ताका लागि नेपाली पाठशाला संचालन गर्दै आई रहेको तथा यस भेग मै सबै भन्दा बृहत तीज समारोह मनाउदै आईरहेको छ ।

यो जग्गा ख़रीद गर्न एएनएचएसका पूर्व अध्यक्षहरु सागर कंडेल,पदमराज रेग्मी,संरक्षक मधु पन्थी,संस्थापकहरु,सदस्यहरु तथा समुदाय सदस्यहरुको भूमिका रहेको छ ।

प्रतिक्रिया