राजनीति

सुशील निरौला, अमेरिका २०७५ फागुन २८ गते २०:०२ मा प्रकाशित

म, श्री प्रधानमन्त्रीको नियतमा
खोट देख्दिन !
प्रतिपक्षको चिन्तालाई पनि
नाजायज ठान्दिन !!

पद नभएपछि
जनतालाई सुनाउन पाईदैन !
त्यसैले केही सत्ता पक्ष कै बिरोध पनि नौलो हैन !!

स्वतन्त्रता मागेर राजनीति गर्न खोज्नु एउटा तरिका हो !
एउटाले मोफसलमा कराउदै
नारा लगाउँदैमा देश टुक्रिदैन !!

पद नपाएका बुध्दिजीबीहरुले कैफियत निकाल्नु नौलो होईन !
सत्ताको नजिक भएकाले सेतोलाई रातो देख्नु पनि नाजायज होईन !!

राजनीति
आर्दशमा देशकोलागि
तर,
यथार्थमा आफू र आफ्नालागि हो !
कति खेर
यथार्थको लागि गरिएको राजनीति आर्दशमा बदलिन्छ
त्यो समयको खेल हो !!

सत्ताको लागि
छिमेकमा पुलवा र एयर स्ट्राईक हुनु राजनीति नै हो !
हाम्रोमा स्वतन्त्रताको नारा र सरकारसंगको संझौता पनि राजनीति नै हो !!

राजनीतिको चक्करमा घन्किने स्वतन्त्रताको नारा होस्,
या संझौता होस् !
यत्तिले न त कसैले
स्वतन्त्र राज्य लिन सक्छ
न त कसैले
आफ्नो सत्ता अमर बनाउन सक्छ !!

प्रतिक्रिया