भिम रावलको आक्रोस: देशद्रोह लागेको सिके राउत प्रचण्ड संग तुलना गर्नै मिल्दैन।(भिडियो सहित)

इनेप्लिज २०७५ फागुन २७ गते २३:११ मा प्रकाशित

नेकपा( नेकपा) का नेता भिम रावलले सरकार र चन्द्रकान्त सि के राउत बिचको सम्झौतामा गम्भीर प्रकृतिको राष्ट्र घात भएको बताएका छन । सम्झौता को भाषा प्रती आक्रोशित बनेका उनले नेपाल सरकार र स्वतन्त्र मधेस बिच सम्झौता भनेर के सन्देश दिइएको हो ? के स्वतन्त्र मधेस भन्ने कुनै देश छ भन्ने प्रश्न गर्दै नेता रावल ले गृहमन्त्री लेदेश टुक्र्याउने सहमतिमा हस्ताक्षर गर्न हुन्छ कि हुदैन भन्ने प्रश्न गर्दै यस्को जवाफ दिन चेतावनी समेत दिएका छन । प्रधानमन्त्री, गृहमन्त्रीका सबै तौल तरिका प्रती कटाक्ष गर्दै रावल ले यस्तो देश बिरोधी राष्ट्रघाती कामको भन्डाफोर गरिने चेतावनी समेत दिनु भएको छ ।

सिके राउत ले सम्झौता गरेको केही मिनेट मै आफ्नो स्टाटसमा बिखन्डन कारी आफ्नु अभिव्यक्ति यथावत दिएको भन्दै उन्ले अखण्ड नेपाल को अस्तित्व माथी निरन्तर धावा बोलिरहेको अवस्थामा स्वतन्त्र मधेस को बिखन्डन कारी शक्तिको बोर्ड र प्रचार प्रचार टुलुटुलु हेरेर यो सरकार बस्छ कि बस्दैन भन्ने प्रस्न गरेका छ्न । नेपालमा बसोबास गर्न पाइन भनेर अन्तरास्ट्रिय जगतमा हालेको मुद्दालाई यो सरकारले अब बसोबास गर्न दिइन्छ भन्ने सम्झौता गरेर बैधानिकता दिएको भन्दै यहाँ देश द्रोहीलाई कसरी हेर्ने भन्ने विषयमा प्रतिपक्षी शक्तिलाई समेत नसोधी यस्तो हर्कत गर्नु निन्दनीय भएको बताए ।

vvvvvvvvvvvvvvvvvvvvvvvvvvvvvv

प्रतिक्रिया