नेपालमा राजनीतिक उथलपुथल हुनसक्ने ज्यो.दीपक सुवेदीको भविष्यवाणी

इनेप्लिज २०७५ फागुन २७ गते २२:०५ मा प्रकाशित

फाल्गुण २७, काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी गर्ने गर्छन् र ति भविष्यवाणीहरू पुग्ने गर्छन् पनि । केही महिना अघि पनि उनले अन्यभन्दा पनि राजनीतिक व्यक्तिको दुर्घटना हुनसक्ने बताएको अन्तर्वार्ता प्रकाशन भएको थियो । तर त्यतिबेला नक्कली ज्योतिषहरूको आतंक मच्चिरहेको ले त्यसतर्फ कसैको खासै वास्ता पुगेन होला । तर उनले भनेजस्तै राजनीतिक पात्रको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि फेरि उनले भनेको मिलेको मान्छेहरूले महसूस् गरे ।

फेरि पनि ज्यो. सुवेदीले एक अन्तर्वार्ता दिँदै केही महत्त्वपूर्ण विषयमा भविष्यवाणी गरेका छन् । लाईफ लाईन मिडिया र न्यूज टिमलाई एक अन्तर्वार्ता दिँदै उनले राजनीतिक लगायतका विभिन्न पक्षसँग सम्बन्धित भविष्यवाणी गरेका हुन् । अन्तर्वार्ताको भिडियोमा अझै राजनीतिक पक्षको व्यक्ति र राजनीतिक व्यवस्था नै पनि दुर्घटनामा पर्नसक्ने उनको भनाई देखिन्छ । के नेपालमा राजसंस्था आउने सम्भावना छ ? वर्तमान सरकारको आयु कति ? लगायत अरु धेरै महत्त्वपूर्ण एवं गम्भीर सवालमाका प्रश्नहरूमा उनले अन्तर्वार्ताको क्रममा भविष्यवाणी गरेका छन् ।

संविधान जारी गर्दाको ग्रह अनुकूल नपरेको बताउँदै अन्तर्वातामा सुवेदीले नेपालमा राजसंस्था पुनःस्थापित हुने र नेपालको लागि राजसंस्था बढी हितकर हुने बताएका छन् । साथमा उनले नयाँ राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने हो भने पनि गर्नपर्ने विषयको बारेमा पनि उनले वताएका छन् । विगतमा पनि विभिन्न भविष्यवाणी गर्ने गरेका र ती भविष्यवाणीहरू मिल्ने गरेका हुनाले उनले गर्ने भविष्यवाणी पुग्नसक्ने सम्भावना रहेको विश्लेषकहरू बुझाई रहेको छ ।

राजनीतिक मात्रै नभएर ज्योतिषशास्त्रबाट कसरी बढीभन्दा बढी फाइदा उठाउने, आमसर्वसाधारणहरूलाई पर्ने दुःखकष्ट, संघर्षबाट कसरी मुक्ति पाउने जस्ता विषयमा पनि व्यवहारिक तरिकाबाट उनले अन्तर्वार्तामा अथ्र्याएका छन् । ज्यो. सुवेदीसँगको यस पटकको अन्तर्वार्ता जस्ताको तस्तै भिडियोमा हेर्न सक्नुहुनेछ –

प्रतिक्रिया