सरिता डङ्गोलको “प्रकृतिका आवाजहरू” चित्रकला प्रदर्शनी

इनेप्लिज २०७५ फागुन २६ गते २:५६ मा प्रकाशित

१०९औं अन्तरराष्ट्रिय महिला दिवसको उपलक्षमा वरिष्ठ कलाकार सरिता डङ्गोलका “प्रकृतिका आवाजहरू” शिर्षकमा चित्रकला प्रदर्शनी पाटनको चाकुपाटस्थित क्लासिक ग्यालरीमा कवि तथा प्राज्ञ मन्जुल तथा अन्नामारियाले संयुक्त रुपमा पानसमा वत्ती वालेर उद्घाटन गर्नुभयो ।

सो अवसरमा कवयित्री दीब्या वज्राचार्यले सरिताका चित्रकला विषयक कविता वाचन गर्नुभयो । कवयित्री तथा अधिकारकर्मी रजनीमिलाले नारी विषयमा चर्चा गर्दै कलाकार सरिताको कलाको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मञ्जुल तथा अन्नामारियाले समेत मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै मञ्जुलले सरिताका चित्रकलामा आधारित कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा कलाकार सरिताले आफ्नो कला सिर्जना यात्रा तथा प्रदर्शित सिर्जनाका विषयमा वोल्नु भएको थियो । कार्यक्रम सञ्चालन आश्मा अर्यालले गर्नु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयवाट फाइन आर्टस्मा स्नातकोत्तर गरेकी कलाकार सरिताले फुकुओका जापानमा समेत ३ महिनाको स्पेशल पेण्टिङ कोर्स गर्नु भएको थियो । उहाँको स्वदेश तथा विदेशमा प्रशस्त एकल प्रदर्शनी भएका छन् भने स्वदेश तथा विदेशमा पुरस्कृत हुनुभएको छ ।

यो प्रदर्शनीको थिम प्रकृति रहेको छ र बिशेष गरी रूख र खुर्सानीलाई उहाँले चित्रका लागि छनौट गर्नु भएको छ ।

फोटो: गोविन्द गिरी प्रेरणा, काठमाडौं

प्रतिक्रिया