सन्दर्भ:आज १०९ औंं अन्तर्राष्ट्रिय महिला दिवस संसार उज्यालो बनाउने महिला

शान्ति बस्नेत २०७५ फागुन २४ गते ११:३२ मा प्रकाशित

सन् १९०१, मार्च ८ मा अमेरिकाको समाजवादी पार्टीका महिलाहरुको पहलमा समाजवादी आन्दोलनकी नेत्री क्लारा जेटिकनले न्युयोर्क सहरबाट ‘द्यचभबम बलम च्यकभक’ नारा द्धारा मार्च ८ महिला दिवस अर्थात् महिला श्रमिक दिवसको थालनी गरिएको थियो । राजनीति तवरबाट सुरुवात भएको महिला दिवस अहिले महिलाहरुको अधिकार, महिलाहरुको सशक्तिकरण र समनता आदीको सवालहरुमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिएको छ । सन् १९१० मा महिलाहरुलाई मत हाल्ने अधिकार सुनिश्चि गर्ने जुन उद्देश्य थियो । त्यसलाई सोशलिष्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा अन्तर्राष्ट्रिय दार्ज प्रदान गरियो । कोपेनहेगनको सम्मेनलपछि सन् १०१७ मा रसियामा महिला दिवसको दिन गाँस र कपासको लागि हड्तालभई सरकारले सत्ता छोड्दैं महिलाहरुलाई भोट दिने अधिकार दिएका थिए । महिला दिवस मनाउने सन्दर्भमा रुसको जुलियन क्यालेन्डरले सन् १७१७ को फेब्रुअरीको अन्तिम आईतबार २३ र अन्य देशमा हुने ग्रेगेरियन क्यालेन्डर अनुसार मार्च ८ पर्न गयो । धेरै देशमा ग्रेगेरियन क्यालेन्डर भएकाले यसलाई मान्यता दियो ।

जुन ऐतिहासिक घटना महिलाहरुको हक अधिकारहरुको स्थापित भएको अन्तिम दिन थियो । प्रत्येक वर्ष ८ मार्च मा मनाईने अन्तर्राष्ट्रिय महिला दिवस आज महिलाहरुमा समान सोच, महिलाहरुको सशक्तीकरण नवीनताको खोज, स्तरीय सजृजना परिवर्तनमुखि खोज, उद्यमशील महिलाहरुको आर्थिक रुपान्तरण, लैङ्गिक समानताको लागि समानसोच र ब्यवहार, समृद्धिको आधार लगाएतका नाराका साथ १०९ आंै अन्तर्राष्ट्रिय महिला दिवस मनाईदैं छ । महिला दिवसको दिन महिलाहरुको हक अधिकार र हिंसामुक्त समाज निर्माणको लागि चर्को भाषण गरेर अधिकार स्थापित हुदैंनन् । समाजमा सधै महिला हिंसाका घटनाहरुको अन्त्य गर्ने जनचेतनामुलक कार्यक्रमहरु निरन्तर गरिनु पर्छ । महिलाहरुलाई पुरुष सरह सम्मान मिलेको भए आज मेडम क्युरी, फ्लोरेन्स नाइटिंगेल, मदन टेरेसा, हिलारी क्लिन्टन, सोनिया गान्धी, मंगलादेवी सिंह, साहना प्रधान, पासाङग ल्यामु शेर्पा, अनुराधा कोइराला, पुष्पा बस्नेत, दिलशोभा श्रेष्ठ आदि मात्रै यसरी हातका औँलाहरुमा गणना गर्न सकिने महिलाहरुका नामहरु हुदैंन थिए । पुरुष सरह महिलाहरु समान हुनको लागि महिलाहरुप्रतिको सोचाईमा परिवर्तन गर्नु पर्दछ । महिलाहरुको हक अधिकारहरु भाषणले मात्रै समानता आउँदैन समानतका लागि महिलाहरुलाई हेर्ने नकारात्मक दृष्टिहरु हटाउनु पर्छ ।

महिलाहरुलाई अपहेलित हुने गरी सामाजमा गरिएका अमानवीय कार्यहरुलाई निरुत्साहित गदैं महिलाहरु माथि हुने विभिन्न किसिमका विभेदहरुको अन्त्य हुन्छ । महिला दिवस धुमधामसँग पाचतारे होटल, खुल्ला मञ्चमा गएर भाषण छाट्दैमा महिला हिंसाहरु कम हुदैनन् । २१ औं शताब्दीसम्म आईपुग्दा महिलाहरुमाथि हिजो जुन हिंसा थियो आज पनि जस्ताको तस्तै रहेको छ । महिलाहरुको लागि बनेका कानुन पनि कागजका पानामा मात्र सीमित छन् । पुरुषहरुले गरेका सवै काम समाजको लागि सराहनीय कार्य हुन्छन् । महिलाहरुले गरेका कामहरु समाजको लागि तिरष्कृत हुने परिपार्टी छ । हिंसामुक्त समाजको लागिठूल–ठूला पाँचतारे होटलका बहस नगरौं । सवैले आफ्नो घर महिला हिंसा अन्त्य गरौं । अहिले पनि हिंसा पीडित महिलाको लागि गहकिला मनको भारी विसाउने चौतारी छैन । समाजले महिलाहरुलाई कमजोर ठान्ने मानसिकता रोग यथावत छ । अझै पनि हाम्रो समाजमा महिलाहरुलाई अधिकारमा मात्रै सीमित बनाएर महिलाहरुलाइ पुरुष प्रधान देशले कुण्ठित बनाई रहेको छ ।

महिलाहरुलाई केही कुरासम्म पनि गर्न दिन्न यो समाज र घरका नै सदस्यहरुले महिलाहरु के समाजका मानव हैनन् त ? महिलाहरुलाई सधै भारी सोच्ने समाजले के अपेक्षा गर्नु ? पद र प्रतिष्ठामा मिष्ठान्न भाषण पस्कने मात्रै गरेका ती मानिसहरुको व्यवहारमा परिवर्तन आउन सकेको छैन । महिलाहरुको स्तरउन्नति लागि समाज एउटा बाधक बनेको छ । हाम्रो समाजले महिलाहरुलाई नै केही गर्दिन घरमा नै बस्छे भनि सजिलै भन्न सकेका छन् । हाम्रो कस्तो समाज ? खै महिलाहरुलाई नवुझ्ने आजका दिनसम्म पनि महिलाहरु आफ्नै बाहुवलले मात्रै अगाडि बढ्नु परेको छ । महिलाहरुको अनेक कुराहरुमा विलौना गरेर अधिकारका निम्ति अमुल्य समय वर्वाद गर्नु हुदैंन । सरकारको सदनमा महिलाहरुले आफैं ध्वानी गुञ्जयमान गर्नु पर्छ । महिलाहरु भएर मात्रै यो समाजका पुरुषस्वार्थ भरिएको समाजका लागि केहि सकारात्मक कदमहरु चालिनु पर्छ । महिलाहरु यस्ता छन्, उस्ता छन्, उनीहरुलाई दुःख छ, महिलाहरुको अधिकार खै ? भनेर समस्या मात्रै निम्त्याउने होइन आगामी दिनहरुमा महिलाहरुलाई समस्याहरुको उपाय दिदै गरेको यी आखाँले पनि हेरेर साक्षी बस्ने धोको गरेका छन् । महिलाहरु देशको मेरुदण्डको रुपमा जवसम्म लिईदैंन तवसम्म महिलाहरु कुनै न कुनै हिंसामा परिरहन्छन् ।

हरेक घर स्वर्ग जस्तो सुन्दर बनाउन महिलाहरु आफु पल–पलमा भष्म हुदैं संसारमा उज्यालो ज्योति छरीरहेका छन् । महिलाहरुलाई आत्मसम्मान दिई पुरुष अनुसार गणना गर्नु पर्छ । यसो नगरिएसम्म समाजको पनि विकास हुदैंन । महिलाहरुलाई सधै दास सम्झिरहनु र खास नसम्झनुको मानवीय मानवता होइन । महिलाहरु समाजमा भईरहेका अन्याय अत्याचारमा कति दिनसम्म सहेर वस्नु पर्ने हो ? सामाजिक रुपमा महिलाहरु भनेर अपहेलित गरी विविध अवसरहरुबाट बञ्चित बनाईन्छ । समाजका लागि महिलाहरु अदभूत क्षमता भएका गहना हुन । संविधानमा महिलाहरुको अधिकारका कुराहरु सवैले दैनिक जीवनमा उतार्नु पर्छ । महिलाहरुलाई समजमाले जति छिटो सम्मान गर्ने संस्कार सिक्छ, त्यति नै छिटो समाज रुपान्तरण हुन्छ । पुरुष स्वार्थले भरिएको समाजका यो महिला दिवसबाट केही सकारात्मक कदमहरु चलिनु पर्छ । महिलाहरु आफैमा कमजोर छैनन् । कुसस्कार सामाजिक मुन्य मान्यताले स्थान पाउने भएकाले महिलाहरु कमजोर ठानिएको छ ।

एक दिन तामझामका साथ गरिएको महिला दिसवले महिलाहरुमा भएका अनेकौं पीडाहरु कम हुदैंनन् । महिलाहरुमा हुने सवै किसिमका हिंसाहरुलाई रोक्न सचेत पुरुषहरुको साथ सहयोगको आवश्यक छ । महिलाहरुका हक अधिकारहरु कुरामा सच्चा गर्ने र महिलाहरु हुन भनि कामहरु कच्चा गर्नु हुदैंन । प्रत्येक वर्ष मनाईने अन्तर्राष्ट्रिय महिला दिवसले समाजमा रहेका हिंसा पीडित महिलाहरुको पुरानो घाउँलाई बल्झाई दिन्छ तर मल्हमपट्टी लगाईदिन्न ।

प्रतिक्रिया